विद्यालयमा प्रजनन स्वास्थ्य सम्वन्धी सचेतना

आदर्श समाज सम्वाददाता
वैशाख ३१, २०७६
ppp

पोखरा, ३१ बैशाख । कास्कीको रुपमा गाउँपालिका–६ को रुपाज्योति माविमा प्रजनन स्वास्थ्य सम्वन्धी अभिमूखीकरण तथा सेनेटरी प्याड वितरण गरिएको छ ।

सिद्धार्थ क्लब पोखराले सोमवार उक्त विद्यालयमा प्रजनन स्वास्थ्य सम्वन्धी सचेतना र सेनेटरी प्याड वितरण गरेको हो । उक्त अवसरमा विद्यालयलाई १५० थान सेफटी प्याड प्रदान गरिएको बताइएको छ । प्रजनन स्वास्थ्य सहजकर्ता सामना कडेलले किशोरीहरु प्रजनन स्वास्थ्य बारे सचेत र खुलस्त रहनुपर्ने बताएकी छन् ।

विद्यालयकी छात्रा मलिना राना मगरले कार्यक्रमबाट प्रजनन स्वास्थ र सनेटरी प्याड प्रयोग सम्बन्धी थप जानकारी हासिल गर्नुको साथै प्रजनन स्वास्थ्य सम्बन्धी आफू पनि सचेत रहने र अरुलाई पनि सचेत गराउने प्रतिवद्वता व्यक्त गरिन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै