ह्याण्डबलमा गण्डकी सेमीफाइनलमा

नारायण शाही
वैशाख ८, २०७६
Purush-Handball-Army-vs-Gandaki-750×500

राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको महिला तथा पुरुष दुवै टिम सेमिफाइनलमा पुगेका छन्। गण्डकीले लिग चरणका ३–३ खेलमा लगातार जित हासिल गर्दै अन्तिम चारमा स्थान बनाएको हो।

महिलातर्फ गण्डकीले कर्णाली प्रदेशमाथि एकतर्फी शुन्यका विरुद्ध २४ गोल वर्षायो। लिगको तेश्रो खेलमा दीप्ति गुरुङले डबल ह्याट्रिक पूरा गरेको प्रशिक्षक विष्णु गुरुङको भनाइ छ।

पुरुषतर्फको खेलमा त्रिभुवन आर्मीलाई २१ को बिरुद्ध २४ गोल गरी गण्डकी अन्तिम चारमा स्थान पक्का गरेको हो। गण्डकीको जितमा सन्तोष श्रेष्ठले सर्वाधिक ११ गोलको योगदान दिए।

लिग चरणको पहिलो खेलमा प्रदेश ५ ले हेमन्त थापाको ६ गोलको मद्दतले कर्णालीलाई २२–१८ को गोल अन्तरले पराजित गर्यो।

पुरुषतर्फ तेस्रो खेलमा एपीएफले प्रदेश १ लाई २६–१० गोलले हरायो भने अर्को खेलमा प्रदेश ३ ले प्रदेश २ लाई ३६–१४ को फराकिलो गोलअन्तरले पाखा लगायो। महिलातर्फ पहिलो खेलमा आर्मीले प्रदेश ५ लाई ४४–७ को फराकिलो गोलअन्तरले हरायो। महिलातर्फको दोस्रो खेलमा प्रदेश ३ ले कर्णाली प्रदेशलाई ८–५, तेस्रो खेलमा प्रदेश १ ले २ लाई २२–५ गोलले हरायो। चौथो खेलमा एपीएफले प्रदेश ७ लाई ३५–१ को फराकिलो गोलअन्तरले हरायो।

Related News

सम्बन्धित समाचार

hero news full width