सरुभक्तको निर्देशनमा ‘बाकस’

एजेन्सी
वैशाख ६, २०७६
bakas_Fotor

पोखरा, ५ वैशाख। पोखरा थिएटरको गन्धर्व नाटकघरमा शुक्रबारदेखि नाटक ‘बाकस’ मञ्चन हुँदैछ। पोखरा थिएटरको छैटौ प्रस्तुतिको रुपमा मञ्चन हुन लागेको सो नाटक वैशाख २१ सम्म चल्नेछ।

आफूले लेखेको नाटकमो निर्देशक सरुभक्त आफैले गरेका छन्। उनले २५ वर्षपछि नाटक निर्देशनमा कमव्याक गर्दैछन्। निर्देशनमा उनलाई परिवर्तनले सघाएका छन्।

नाटकमा कलाकारले उत्तिकै मेहनत गरेको बताइएको छ। सो नाटकमा गोविन्दरमण पराजुली, प्रमिला तुलाचन, दिलप्रसाद गुरुङ, नवराज गिरी, रमेशबाबु तिमल्सिना, निश्चल विमल, शरद भण्डारी, बुद्धि खनाल, सोनियाँ खत्री, ईश्वर कार्की, जनक पराजुली, विष्णु तिमिल्सिना, संगम लामिछाने, पार्वती थापा, दिक्षा कार्कीको अभिनय देख्न सकिन्छ।

यसैगरी, प्रतिभा अधिकारी, अञ्जु दाहाल, नारायण क्षेत्री, विजोन उदास, धुव्र पौडेल, निसान ताम्राकार, विक्रम उदास, प्रतीक घिमिरेको पनि अभिनय छ।

गत वर्ष पोखरा थिएटरको गन्धर्व नाटकघर सञ्चालन भएपछि मञ्चन हुने यो ३० औँ नाटक हुनेछ।

सो नाटकमा राष्ट्रिय परिवर्तनपछि देशको अवस्था चित्रण गरिएको छ। नाटक हरेक साँझ ५ बजे र शनिबार अतिरिक्त सो १ बजे पनि मञ्चन हुनेछ।

Related News

सम्बन्धित समाचार

hero news full width