सेरोफेरो भित्तेपात्रो मुख्यमन्त्री शंकर पोखरेलबाट लोकार्पण

आदर्श समाज सम्वाददाता
वैशाख १, २०७६
Serofero Calender

पाल्पा, १ वैशाख । प्रदेश न. ५ का मुख्यमन्त्री शंकर पोखरेलले नयाँ संविधान जारीपछि बितेका तीन वर्ष काम गर्न नसक्ने अवस्था रहेको र अबका वर्ष दुर्त गतिमा विकास अगाडि वढ्ने बताएका छन् ।

पाल्पाको सेरोफेरो न्यूज भित्तेपात्रो २०७६ को आइतवार लोकार्पण गर्दै मुख्यमन्त्री पोखरेलले संविधान जारी भएको पहिलो वर्ष विनाशकारी भूकम्प र नाकाबन्दी, दोस्रो बर्ष तीन तहको निर्वाचन सम्पन्न र तेस्रो वर्ष संघीयता कार्यान्वयनमा नै वितेकाले विकास र समृद्धिले तीव्रता पाउन नसकको बताए ।

सेरोफेरोन्यूज दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा मुख्यमन्त्री पोखरेल र सभामुख पूर्णबहादुर घर्तीले संयुक्त रुपमा भित्तेपात्रो लोकापर्ण गरेका हुन् । मुख्यमन्त्री पोखरेलले आयात र निर्यातमा असन्तुलन भएको जस्तो देखिएता पनि मेशीनरी सामान र निर्माणजन्य सामाग्रीको आयात भएको छ भन्दै ति चिजले गरेको विकास देखिन बाँकी रहेको सुनाए ।

काठमाण्डौं केन्द्रीत शासन व्यवस्था बदलेर संघीय लोकतान्त्रिक शासन व्यवस्था पाएका छौं, अब सबैले सबैलाई स्वीकार गर्ने वातावरण नयाँ वर्ष २०७६ ले प्रदान गर्नेछ ।’ सोही अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेश सरकारले गरेका कामहरुले गति लिने बताए । सभामुख घर्तीले समृद्ध प्रदेश खुसी जनता सरकारको नारालाई सबैले साथ दिन जोड दिए । पिपुल्स क्रियशन प्रालिद्वारा सञ्चालनमा आएको सेरोफेरोन्यूज डटकमका सम्पादक मुक्तिप्रसाद न्यौपाने छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width