हमजा, २५ चैत। हेमजास्थित गौरीशंकर बहुमुखी क्याम्पसको आठौं अधिवेशनले क्याम्पस संचालक समिति अध्यक्षमा ३ जनाको नाम सिफारिस गरेको छ। जसमा क्रमशः देवकृष्ण पौडेल, माधवशरण पौडेल र भीमप्रसाद श्रेष्ठ छन्।
त्यस्तै उपाध्यक्षमा रमा त्रिपाठी तथा सदस्यमा चूडामणि तिमिल्सिना, नारायणबहादुर कुँवर, भरतराज अधिकारी र हिमलाल पौडेल छन्। बसन्तराज पौडेल संयोजक तथा दुर्गाभक्त सापकोटा र युवराज दवाडी सदस्य रहेको निर्वाचनमण्डलले सो नाम सिफारिस गर्ने निर्णय गरेको हो।
त्यसअघि अधिवेशन उद्घाटन गर्दै प्रमुख अतिथि हेमजाका वडाध्यक्ष शोभाकर तिम्सिनाले क्याम्पसले विभिन्न आरोह अवरोह छिचोल्दै आएको स्मरण गर्दै क्याम्पसको दिगो व्यवस्थापनका लागि अक्षयकोश वृद्घि तथा यातायात व्यवस्था गर्नुपर्नेमा जोड दिए। मोवाइल प्रयोगले अहिलेका बालबालिका बिग्रिएकोतर्फ संकेत गर्दै वडाध्यक्ष तिम्सिनाले क्याम्पसका स्नातकोत्तर तह संचालनमा पनि पहल गर्नुपर्ने आवश्यकता औँल्याए।
पूर्व अध्यक्ष रामचन्द्र त्रिपाठीले इमान्दारपूर्वक क्याम्पसको संरक्षणमा लाग्न सबैमा अनुरोध गरे। त्यस अवसरमा आजीवन सदस्य चूडामणि तिम्सिना, संचालक समिति सदस्य अर्जुन पौडेल, क्याम्पस प्रमुख ओमबहादुर कुँवर, महिला सञ्जाल अध्यक्ष रमा त्रिपाठी, समाजसेवी शोभाकर भण्डारी, हेमजा बोडिङ स्कूलका संस्थापक माधवशरण पौडेल लगायतले पनि क्याम्पसको दिगो व्यवस्थापनबारे बोलेका थिए।
कार्यक्रमबीच स्थानीय भानुभक्त शर्मा पौडेलले स्थापना गरेको छात्रवृत्ति विद्यार्थी जीवन खत्री, लक्ष्मी विक, जयन्ती काफ्ले र सपना मगरलाई प्रदान गरियो।
सो अवसरमा पूर्व विद्यार्थी मदन कुँवर, धनबहादुर कुँवर र पदम कुँवरले क्याम्पसलाई फोटोकपी मेसिन सहयोग गरेका थिए। क्याम्पसले पूर्व प्राध्यापक तथा कर्मचारीलाई सम्मान पनि गरेको छ। सम्मानित हुनेमा श्रीराम सापकोटा, वन्दना पौडेल, राधिका बास्तोला, जनार्दनशरण त्रिपाठी, बाबुराम अधिकारी, योगेश कुँवर र टेकबहादुर कुँवर रहेका छन्।
संचालक समिति अध्यक्ष भुवनेश्वर शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष मधुसुदन त्रिपाठीले स्वागत र सहायक प्राध्यापक कृष्णप्रसाद पौडेलले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१