शुद्ध पिउने पानीको आवश्यकता– थापा

आदर्श समाज सम्वाददाता
चैत्र २४, २०७५
pp24

पोखरा, २४ चैत । गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले पिउने पानी उद्योगको भूमिका महत्वपुर्ण हुने बताएका छन् ।

नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेश पोखराको पाँचौ बार्षिक साधारण सभालाई आइतवार सम्बोधन गर्दे थापाले पानीकै कारण मानिसमा ६० प्रतिशत रोग देखा पर्ने भएकाले शुद्ध पिउने पानी आवश्यक पर्ने बताए ।

उद्योगी ब्यवसायीले नाफा कमाउने मात्रै नभई उपभोक्ताको अधिकार लाई ख्याल गर्नुपर्ने सुझाब समेत उनले दिए । पानी उद्योगले व्यापारीलाई सस्तो मुल्यमा पानी उपलब्ध गराएको भएपनि उपभोक्ताले त्यसको एक सय प्रतिशत वढी मुल्यमा खरिद गर्नु परेको भन्दै पानीको मुल्य घटाउन माग गरे ।

नेपाल बोटल वाटर उद्योग संघका केन्द्रीय उपाध्यक्ष साजनलाल प्रधानले पानी उद्योगप्रतिको सरकारी दृष्टिकोण अझैपनि सकरात्मक हुन नसकेको प्रति चिन्ता व्यक्त गरे । पिउने पानीको मुल्यमा एकरुपता ल्याउन केन्द्रीय स्तरमा छलफल भइरहेको भनई उनको छ ।

नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशका संयोजक यदुनाथ अधिकारीले गण्डकी प्रदेशमा ५० भन्दा बढि पानी उद्योग रहेको बताउदै संघमा अहिले २७ वटा मात्र पानी उद्योग आवद्ध रहेको जानकरी दिए ।

नेपाल खानेपानी सस्थानले वितरण गर्दै आएको पानीमा कोलिर्फम मात्रा अत्याधिक भएको बताए ।नेपाल पानीमा आत्म निर्भर भएपनि बार्षिक २० –२५ करोड रुपैयाँ बरावरको विदेशी पिउने पानी नेपाल भित्रने गरेको जानकारी उनले दिए ।

पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारी, पोखरा च्याम्बर अफ कमर्सका अध्यक्ष किसान सुनार, सुजल प्लाष्टिकका सुजल श्रेष्ठ, दि विन्देश्वरी पानी उद्योगका संचालक ऋषिरामसापकोटा, लेखबहादुर प्रधान, प्रेम बहादुर क्षेत्री आफ्ना भनाइृ राखेका थिए ।

गण्डकी प्रदेश भित्र पानी उद्योगमा रहेको लगानी एक अर्व ५० करोड रुपैयाँ भएको जानकरी पानी उद्योग कम्पनीहरुले दिएका छन् ।

Related News

सम्बन्धित समाचार

  • मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको  नियुक्तिविरुद् परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल…
  • गण्डकी प्रदेश प्रहरी दुर्गा सिंहले सम्हालिन जिम्मेवारी

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) दुर्गा सिंहले सोमबार पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहणलगत्रै…
  • अधिकारी सरकारको वैधताको टुंगो आज !

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । गण्डकी प्रदेशमा खगराज अधिकारी नेतृत्व सरकारको वैधताको टुंगो सोमबार लाग्ने अपेक्षा गरिएको छ । मुख्यमन्त्रीमा अधिकारी नियुक्तपछि कांग्रेसका…
  • डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई कडा कारबाही गर्ने खालको ऐन आवश्यक परेको बताएका छन् । शनिबार…
  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…

hero news full width

Recent Posts