नेपाली टोलीले म्यानमारसँग प्रतिस्पर्धा गर्दै

रासस
चैत्र २०, २०७५
images_cms-image-000068082

पोखरा, २० चैत । ओलम्पिक छनौटको दोस्रो चरणको खेलमा नेपाली महिला टोलीले बुधबार म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ।

म्यानमारको घरेलु मैदानमा हुने खेल नेपाली समयानुसार साँझ ५ बजे सुरु हुनेछ । खेलअघि आज बिहान आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक हरि खड्काले म्यानमारसँग जित वा बराबरीको नतिजाको लागि खेल्ने बताएका छन्।

ओलम्पिक छनौटको पहिलो चरणको खेलमा नेपालले म्यानमारलाई १–१ को बराबरीमा रोकेको थियो। फिफा बरियतामा नेपाल १०३ औं स्थानमा छ। म्यानमार ४४ स्थानमा छ। नेपालले अर्काे खेलमा चिरपरिचित भारतसँग यही चैत २३ गते खेल्नेछ । प्रतियोगिताको अन्तिम खेलमा नेपालले इन्डोनेसीयासँग यही चैत २६ गते खेल्नेछ।

म्यानमारमा गत कात्तिक अन्तिम साता भएको पहिलो चरणमा नेपालले आयोजक म्यानमार, बङ्गलादेश र भारतसँग बराबरी खेल्दै दोस्रो चरणको यात्रा तय गरेको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width