सुनवल, १९ चैत। स्वतन्त्र पत्रकार संघ नवलपरासीको दोस्रो अधिवेशन सम्पन्न भएको छ।
सुनवलमा भएको सो अधिवेशनले प्रेमप्रसाद पराजुलीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो।
समितिको उपाध्यक्षमा रामकर्ण हरिजन, सचिवमा विमल भट्टराई, कोषाध्यक्षमा लक्ष्मी गोरखाली र सहकोषाध्यक्षमा लोकनाथ आचार्य रहेका छन्। सदस्यमा दुर्गा पौडेल, समीर ढकाल, लक्ष्मण ढकाल, विकास चापागाई, विनोद खाती र रेनुका चौधरी चयन भए।
यसैगरी, राष्ट्रिय पार्षद्मा अभिषेक राव र ताराप्रसाद ढकाल रहेका छन्। स्वतन्त्र पत्रकार संघ नेपाल राष्ट्रिय समितिका उपमहासचिव राजेन्द्रजंग रायमाझीले ‘पत्रकार बन्नु त स्वतन्त्र बन्नु, स्वतन्त्र नै हो पत्रकार भन्नु भन्ने संघको मुलनारा वाचन गरेर कार्यक्रम उद्घाटन गरेका थिए। कार्यक्रममा संघका राष्ट्रिय कोषाध्यक्ष वीरेन्द्र पाण्डे, रुपन्देही जिल्लाका अध्यक्ष अनिल पहाडी र राष्ट्रिय पार्षद् ईश्वर पौडेल सहितल शुभकामना व्यक्त गरेका थिए। अधिवेशन प्रेमप्रसाद पराजुलीको अध्यक्षतामा भएको हो।
स्वतन्त्र पत्रकार संघ नेपालको तेश्रो राष्ट्रिय महाधिवेशन तनहूँको बन्दिपुरमा बैशाख २० र २१ गते हुँदैछ।
Related News
सम्बन्धित समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भूगोलविद् डा. हर्कको सालिक अनावरण
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१