अली मियाँको सम्मानै सम्मान

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०७५
Ali Miya 1_Fotor

मित्रराष्ट्र भारतका पूर्व राष्ट्रपति डा. अब्दुल कलाम फाउण्डेशनका अध्यक्ष बद्री विक्रम थापा, संस्थापक सचिव अब्दुल खालिक र संस्कृति सचिव दिलिप थापासहितका अतिथिलाई सम्मानपछि सामुहिक तस्वीरमा अली मियाँ लोक वाङ्मय प्रतिष्ठानका पदाधिकारीसहित। तस्वीरः आदर्श समाज

पोखरा, १७ चैत। अली मियाँ लोक वाङ्मय प्रतिष्ठान पोखराले आइतबार एक समारोहको आयोजना गरि विभिन्न वाङ्मयिक संस्था एवम् स्रष्टालाई सम्मान गरेको छ।

समारोहमा मित्रराष्ट्र भारतका पूर्व राष्ट्रपति डा. अब्दुल कलाम फाउण्डेशनका अध्यक्ष बद्रीविक्रम थापा, संस्थापक सचिव अब्दुल खालिक र संस्कृति सचिव दिलिप थापालाई सम्मान गरिएको थियो।

सोही समारोहमा नेपाली लोक संस्कृतिको क्षेत्रमा विशिष्ठ योगदान पुर्याए बापत हिमाली सांस्कृतिक परिवार पोखरा, राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान कास्की र रामबजार पुन समाजलाई सम्मान गरियो। प्राज्ञ हरिदेवी कोइराला, गायिका बाबा राणा, अली मियाँ लोकवाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ, हरीदेवी कोइराला साहित्य–संगीत सम्मानकोषका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले सम्मान पत्र, दोसल्ला र फूलमाला अर्पण गरी सम्मान गरे। साहित्यकार तुलसी प्रभासले सम्मानित संस्था र स्रष्टाको परिचय प्रस्तुत गरेका थिए। साथै, उनले प्रतिष्ठानले हालसम्म तीन सय बढी स्रष्टा तथा संस्थाको सम्मान गरिसकेको उल्लेख गरे।

कार्यक्रममा डा.ए.पी.जे. अब्दुल कलाम फाउण्डेसनका अध्यक्ष बद्री विक्रम थापा, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानका अध्यक्ष भीमबहादुर बरालले नेपाल र भारतबीचको सांस्कृतिक एकता र मैत्रीपूर्ण सम्बन्धलाई कार्यक्रमले अरु मजबूद बनाउन सहयोग पुर्याएको उल्लेख गर्दै सम्मानप्रति आभार व्यक्त गरे।

सो अवसरमा विशेष कवि गोष्ठीसहित सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो। गोष्ठीमा डा. जगन्नाथ रेग्मी, के.आर. ढकाल, सरस्वती श्रेष्ठ “सरु”, तर्कना शर्मा, किशोरदत्त बराल, शंकर ज्ञवाली, गेहेन्द्रभूषण पोखरेली, आशा उपाध्याय बराल, सिर्जन ज्ञवाली, सन्ध्या विवश पथिक, बद्री विक्रम थापालगायतले रचना वाचन गरेका थिए।

साथै, हिमाली सांस्कृतिक परिवार, राष्ट्रिय लोकभजन चुड्का संरक्षण समिति प्रतिष्ठान र रामबजार पुन समाजले नृत्य प्रस्तुत गरेका थिए।

अली मियाँ लोक वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँको अध्यक्षतामा भएको उक्त समारोहमा उपाध्यक्ष प्राज्ञ हरिदेवी कोइरालाले स्वागत तथा सचिव पद्मराज ढकालले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width