कति सुन्दर फूल– यूट्युबमा

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७५
bastola sir

पोखरा, ९ चैत । भगवान गौतम बुद्वको जीवनी र सन्देशमा आधारित राष्ट्रिय गीतको म्यूजिक भिडियो कति सुन्दर फूल युट्युवमा आएको छ ।

चन्द्रज्योति फिल्म प्रालि पोखराले शनिवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी उक्त जानकारी दिएको हो । उक्त गीतमा सामाजिक अभियान्ता रजनी केसीले अभिनय गरेकी छन् । चन्द्रज्योति ढुंगानाको शब्द रचना र संगीतको सो गीतमा शीला विष्टको स्वर रहेको छ ।

पत्रकार भेटघाटमा संगीतकार ढुंगानाले आफू दुई पटक सम्म लुम्विनी पुगेर त्यस वरपरको वातावरण समेत अवलोकन गरी शब्द रचना गरेको बताए । कलाकार रजनी केसीले गीतका शब्दहरु नै आफ्नो हृदय छोएको उल्लेख गर्दै अभिनय गरेको वताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width