दृष्टिविहीन विद्यार्थीलाई इलेक्ट्रोनिक्स डिभाइस वितरण

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७५
kundahar help

पोखरा, ९ चैत । पोखरा– १३ स्थित कुँडहर आधारभूत विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई इलेक्ट्रोनिक्स डिभाइस वितरण गरिएको छ ।

नेपाल नेत्रहीन विद्यार्थी फाउन्डेसनका अध्यक्ष शिवलाल धितालले कुँडहर आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई अत्याधुनिक गुगल होम र पाँच सेट ट्याब लगायतका सामाग्रीहरू वितरण गरेका हुन ।

सो अवसरमा अध्यक्ष धितालले दृष्टिविहीन विद्यार्थीका लागि अहिलेको आधुनिक जमानामा इन्टरनेट एवं इलेक्ट्रोनिक्स डिभाइस अनिवार्य भएको र यसले उनीहरूको शैक्षिकसँगसँगै अन्य चौतर्फी विकासमा समेत सहयोग गर्ने कुरा व्यक्त गरे । सो कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा आवद्व संघसंस्थामा प्रतिनिधिको उपस्थिति थियो

Related News

सम्बन्धित समाचार

hero news full width