पोखरा, ८ चैत । पोखरा– २० भलामको डाँडागाउँ मेला २०७५ सम्पन्न भएको छ । डाडाँगाउँ युनाइटेड क्लबद्वारा आयोजित मेलामा भलिवल, रस्सा कस्सी, छेलो तथा विविध साँस्कृतिक कार्यक्रम समावेश गरिएको गरिएको थियो ।
उक्त मेला चैत्र ३ गते देखि ६ गतेसम्म संचालित थियो । भलिबल तर्फ राइजिङ्ग स्टार युव क्लबले प्रथम स्थान हासिल गर्न सफल भयो भने द्वितीय स्थान डाडाँगाउँ भलिबल, युनाइटेड क्लवले आफ्नो पक्षमा पार्न सफल भयो । भलिबल खेलतर्फ राइजिङ्ग स्टारका विशाल सिङ्ग ठकुरी सर्वाेत्कृष्ट खेलाडी घोषित भएका थिए भने छेलोतर्फ उपाधि सचिन तामाङ्गले हात पार्न सफल भए । रस्सा कस्सीको उपाधि डाडाँगाउँ युनाईटेड क्लबले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।
उक्त मेलालाई गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले उद्घाटन गरेका थिए । वडा अध्यक्ष सीम गुरुङ्गले समापनका दिन विजय खेलाडीलाई पुरुस्कार वितरण गरेका थिए । आयोजक क्लबका अध्यक्ष तेज प्रसाद गुरुङ्गले मेलामा सहयोग पु¥याउनु हुने सम्पुर्ण सहयोगी महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दै यस मेलाले सम्पुर्ण क्षेत्रको चौतर्फी विकासमा टेवा पु¥याउने धारणा व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को परीक्षा आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१