वैशाखको दोस्रो साता नेपालमा एशिया कप ह्विलचियर क्रिकेट हुने

रासस
चैत्र ७, २०७५
cricket–768×479

काठमाडौँ, ७ चैत । नेपालमा एशिया कप ह्विलचियर क्रिकेट प्रतियोगिता हुने भएको छ ।

पहिलो पटक एशिया कप क्रिकेट आयोजना गर्न लागेको विहिबार काठमाण्डौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल ह्विलचियर क्रिकेट संघका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले जानकारी दिए ।

प्रतियोगिता आगामी वैशाख दोस्रो साता हुने तय भएको छ । प्रतियोगिताका सबै खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् । चार दिनसम्म चल्ने सो प्रतियोगिताको मिति चाँडै तय गरिने शेर्पाले बताए । टि–२० फरम्याटमा हुने उक्त प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र पाकिस्तान भिड्ने छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै