पोखरा, ३ चैत । पोखराका अग्रज सञ्चारकर्मी चन्द्रकान्त पौडेल (गोर्खापत्र बाजे) को स्मृतिमा एक लाख रुपैयाँको सञ्चारकर्मी सम्मान कोष स्थापना गरिने भएको छ ।
स्वतन्त्र पत्रकार संघ नेपालको शनिवार पोखरामा वसेको राष्ट्रिय समितिको वैठकले उक्त निर्णय गरेको हो । वैठक संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद वास्तोलाको अध्यक्षतामा वसेको थियो ।
पेशाप्रति निष्ठावान, निर्भिक र निडर सञ्चारकर्मीका रुपमा परिचित गोर्खापत्र बाजेको स्मृतिमा स्थापना थर्न लागिएको उक्त पुरस्कार कोषका लागि विभिन्न क्षेत्रवाट सहयोग जुटिरहेको छ ।
कोषका लागि आदर्श समाज राष्ट्रिय दैनिकले २५ हजार रुपैयाँ,, बाजेका कान्छा छोरा शिव पौडेलले २० हजार पाँच सय, नेपाल ज्योतिष पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा बलराम रेग्मीले पाँच हजार एक सय, स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण थापाले दुई हजार पाँच सय रुपैयाँ र राष्ट्र आवाज साप्ताहिकका प्रधान सम्पादक केशव भण्डारीले एक हजार पाँच सय रुपैयाँ प्रदान गरेका छन् ।
सञ्चारकर्मी पौडेलले ४० बर्ष अघिदेखि पोखरामा गोर्खापत्र लगायतका पत्रपत्रिकाहरुको वितरण तथा सूचना प्रवाहको कार्य गरेका थिए । उनी ढाकाटोपी, दौरासुरवाल र कालो जुत्तामा ठाटिएरै पत्रिका वितरण गर्थे । नेपाली राष्ट्रियता प्रति गौरव गर्ने गोर्खापत्र बाजेको ८० बर्षको उमेरमा वि.स. २०६९ माघ २१ गते निधन भएको थियो । निधनको अघिल्लो दिन साँझसम्म पनि उनले पत्रिका वितरण गरेका थिए ।
भ्रष्ट नेताहरुको कडा आलोचकका रुपमा परिचित रहेका बाजेले सार्वजनिक समारोहमै औंला ठड्याएर आवाज उठाउँथे । उनीले पोखरा–३ को वडा सदस्यमा निर्वाचित भई जिम्मेवारी पूर्वक जनताको सेवा समेत गरेका थिए ।
Related News
सम्बन्धित समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भूगोलविद् डा. हर्कको सालिक अनावरण
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१