महिला साफमा नेपाल समूह ‘ए’ को विजेता

नारायण शाही
चैत्र २, २०७५
sabitra_photo

पोखरा, २ चैत । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल समूह ए को विजेता बनेको छ ।

विराटनगर सहिद रंगशालामा शनिबार भएको समूहको अन्तिम खेलमा नेपालले बंगलादेशमाथि ३–० को सहज जित हात पार्दै समूह ए को विजेता बनेको हो । नेपालको जितमा नेपाली टोलीले होम ग्राउण्डको पुरापुर फाइदा लिए । पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले बंगलादेशमाथि सहज जित निकालेको थियो ।

खेलको शुरुवाती छैटौं मिनेटमा बंगलादेशी मसुरा पर्भिनको आत्मघाती गोलबाट नेपालले अग्रता लिएको थियो । अनिता बस्नेतले प्रहार गरेको बल क्लियर गर्न खोज्दा बंगलादेशकी मसुराले आफ्नै पोष्टमा गोल गरिन् । २३ औं मिनेटमा सावित्राले उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । उनले डिफेन्डरलाई छक्याएर किपरलाई समेत बिट गर्दै गोल गरेकी थिइन् । त्यसको पाँच मिनेटपछि नै मञ्जलीकुमारी योञ्जनले तेस्रो गोल थप्दै टोलीलाई ३–० को अग्रता बनाइन् ।

पछिल्लो समय गत कात्तिकमा म्यानमारमा भएको ओलम्पिक छनोटको पहिलो राउण्डमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै