महिला साफ च्याम्पियनसिपमा नेपाल सेमीफाइनलमा

नारायण शाही
फागुन ३०, २०७५
SAAF, Nepal

पोखरा, ३० फागुन । पाँचौ महिला साफ फुटबल च्याम्पियनसिपमा नेपाल सेमीफाइनल प्रवेश गरेको छ ।

च्याम्पियनसिपअन्तरगत समूह ‘ए’ मा रहेको भुटानले विहिबारको खेलमा बंगलादेशसँग हार्दै बाहिरिएपछि नेपालको सेमीफाइनल यात्रा संभव भएको हो ।

भुटान, च्याम्पियनसिपकको समूह चरणबाट बाहिरिने पहिलो टीम बनेको छ। विराटनगरमा बिहीबार बंगलादेशसँग २–० ले पारजित भएपछि भुटान दुई हार बेहोर्दै बाहिरिएको हो । यसअघि, उद्घाटन खेलमा घरेलु टोली नेपालले भुटानलाई ३–० ले हराएको थियो ।

भुटान बाहिरिएपछि एक खेल खेल्नुअघि नै नेपाल र बंगलादेशले समूह ए बाट सेमिफाइनलमा स्थान बनाएका छन् । समूह ए को अन्तिम खेल नेपाल र बंगलादेशबीच शनिबार हुनेछ ।

विराटनगरस्थित शहिद रंगशालमा भएको खेलमा भुटानले पहिलो हाफमा बंगलादेशलाई गोलरहित बराबरीमा रोकेको थियो । दोस्रो हाफमा भने बंगलादेशले २ गोल गर्न सफल भयो । बंगलादेशका लागि मिश्रत जहान मौसमी र कप्तान सविना खातुनले एक/एक गोल गरे । भुटानले गोल गर्ने प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा दुई खेलमा गोलविहिन हुँदै बाहिरियो ।

च्याम्पियनसिपअन्तर्गत शुक्रबार समूह बी मा रहेका श्रीलंका र माल्दिभ्सबीच खेल हुनेछ । यस समूहमा माल्दिभ्स पहिलो खेलमा साविक विजेता भारतसँग ६–० ले पराजित भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width