लमही, २५ फागुन । दाङको विकट क्षेत्र बबई गाउँपालिका–१ स्थित धोवाघाटमा पहलोपटक मोटरबाटो पुगेको छ ।
वडा नं १ को पुरन्धारा छहरा–मलैखोला–जिला–सिमलकुना हुँदै धोवाघाट जोड्ने सडकमा नियमित गाडी गुड्न थालेपछि स्थानीयवासीलाई सहज भएको छ । “यो भन्दा पहिले मोटरबाटो पुगेको थिएन”, स्थानीयवासी बमबहादुर केसीले भने “अहिले मोटरबाटो पुग्दा आवतजावतमा सहज भएको छ ।”
यसअघि सडक नहुँदा मान्छेले हापुरे बजारबाट सामान बोकेरै घरसम्म लैजानुपर्ने बाध्यता भएकामा अहिले भने सहज भएको उनको भनाइ थियो । हापुरेबजारबाट सात घण्टा हिँडेर पुगिने भए पनि अब भने एक घण्टामै आवतजावत गर्न सकिने भएको छ । अब साना गाडी, मोटरसाइलक आवतजावत गर्न सहज भएको उनको भनाइ थियो । सडक खुलेसँगै स्थानीयस्तरमा उत्पादन भएको कृषिजन्य वस्तुलाई बजारसम्म ल्याउन पनि सहज भएको छ ।
गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले उक्त सडकमा नियमित सवारीसाधन सञ्चालन गर्ने वातावरण सिर्जना गर्नका लागि बबई नदीमा पुल निर्माण गर्न प्रदेश सरकारसँग आग्रह गर्ने जानकारी दिए । “हामीले पहिलोपटक यस गाउँपालिकाको विकट क्षेत्रमा सडक पु¥याउन सफल भएका छौँ”, उनले भने “अब यी सडक स्तोरन्नतिका लागि पहल गर्नेछु ।” चुनावको समयमा आफूले गाडी पु¥याउने प्रतिबद्धता पूरा गर्न लागेकोे उनले बताए ।
Related News
सम्बन्धित समाचार
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ बाट कालोपत्रे गरिँदै
कांग्रेस गण्डकीको भवन असोज अगावै सम्पन्न गरिने
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१