चित्रकलामा खड्का प्रथम

आदर्श समाज सम्वाददाता
फागुन २३, २०७५
Nepal RedCross, LekhNath_Fotor

नेपाल रेडक्रस सोसाईटी लेखनाथ उप साखा पोखरा २७ ले राखेको चित्रकला प्रतियोगिताका सहभागीहरु। तस्वीरः भीमपाणि बराल/आदर्शसमाज

नेपाल रेडक्रस सोसाईटी लेखनाथ उप साखा पोखरा २७ ले राखेको चित्रकला प्रतियोगिताका सहभागीहरु। तस्वीरः भीमपाणि बराल/आदर्शसमाज

फागुन २२ लेखनाथ। नेपाल रेडक्रस सोसाईटी लेखनाथ उपशाखा पोखरा २७ ले राखेको चित्रकाल प्रतियोगितामा रामाज्योती माविका असिम खड्काले प्रथम स्थान हासिल गरेका छन्।

उपशाखाको क्षेत्राधिकारभित्रका निजी तथा सामुदायिक विद्यालयका १५ जना विद्यार्थीहरुले भाग लिएको प्रतियोगितामा लक्ष्मीआदर्श माविका बिशाल नेपालीले द्धितिय, जुनियर सिटिजन एकेडेमीका रेशम वस्यालले तृतस्य र कल्याण आधारभुत विद्यालयका भावना रानामगरले सान्त्वना स्थान हासिल गरेका छन्। रेडक्रस अभियानबारे केन्द्रीत भएर चित्र बनाउनुपर्ने प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पूर्णकुमार गुरुङले विद्यार्थीभित्र रहेको अन्तरनिहित क्षमताको प्रस्फुटन गर्न यस प्रकारका कार्यक्रम फलदायी र जीवनोपयोगी हुने धारणा राखेका थिए।

उपशाखाका सभापति खगेन्द्रराज आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा उपशाखाका निर्वतमान अध्यक्ष हिरामणि भण्डारी, रामज्योती माविका प्रअ गुमनाथ लामिछाने, वीर आधारभुत बिद्यालयलका प्रअ हेमचन्द्र अधिकारी, लक्ष्मी माविकी शिक्षिका मेनुका लामिछाने र निर्णायक विनोद गुरुङलगायतले आफ्नो धारणा राखेका थिए।

उपशाखाका सचिव तिलकशाली सापकोटाले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक सविन बिजयापतिले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width