काठमाण्डौ, २० फागुन । बादी समुदायको आत्म सम्मानमा चोट पुगेको भन्दै गरेका आपत्ति प्रकट गरेपछि ती कृतिहरु संशोधन गर्नुपर्ने भएको छ ।
सरस्वती प्रतीक्षाद्वारा लिखित उपन्यास नथिया, विवेक ओझाद्वारा लिखित ऐलानी र चलचित्र पण्डित बाजेको लौरीलाई सर्वोच्च अदालतले संशोधन गर्न आदेश दिएको छ । कृतिमा वादी समुदायको आत्मसम्मानमा ठेस पु¥याउने र राज्यले बादी समुदायमाथि प्रयोग गर्न नपाइने भनी किटान गरेका शब्दलाई महत्वका साथ प्रयोग गरेको भन्दै बादी अगुवाहरु केही महिना अघि सर्वोच्च अदालत पुगेका थिए ।
कृतिबाट त्यस्ता शब्द हटाएर श्रष्टाले बादी समुदायसँग क्षमा माग्न माग निर्देशनात्मक आदेश जारी गर्न माग गर्दै मीना नेपालीसमेतका बादी अगुवाहरुले सर्वोच्चमा रिट दायर गरेका थिए ।
फागुन १५ गते सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजलासले उपन्यासमा प्रयोग भएका आत्मसम्मानमा ठेस पु¥याउने जातीय विभेद जनाउने शब्दहरु हटाउन र बादी समुदायसँग माफी माग्न निर्देशनात्मक आदेश जारी गरेको हो ।
उपन्यास र फिल्ममा बादी समुदायका पुरुषले माछा मार्ने, मादल बजाउने र श्रीमतीका लागि ग्राहक खोज्ने गरेको देखाइएको छ । तर, बादी समुदायमा विवाह गरेका महिलाले यौन व्यवसाय गर्दैनन् । तथ्य नै तोडमोड भएको भन्दै बादी समुदायले आपत्ति जनाएका हुन् ।राज्यले बादी समुदायमाथि उच्चारण गर्न पाइँदैन भनेका शब्दलाई उपन्यास र फिल्ममा प्रमुख स्थान दिएकाले न्याय माग्दै अदालत गएको बादी अगुवा केशव नेपाली बादीले बताए ।
Related News
सम्बन्धित समाचार
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
hero news full width
मुख्य समाचार
कक्षा १२ को परीक्षा आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१