१. काठमाडौं , बागलु·, म्याग्दी, कपिलवस्तु, नवलपरासी, कास्कीलगायतका ठाउँमा एनसेलको बसे स्टेशनहरुमा शुक्रवारको राति एकैसाथ विस्फोट र आगजानी गरिएको छ । नक्खुमा भएको घटनामा एक जनाको ज्यान समेत गएको छ भने घाइते भएका दुईजनाको काठमाडौंका अस्पतालहरुमा उपचार भइरहेको छ ।
२. एकै रात त्यति धेरै जिल्लामा गरिएको विस्फोटको घटनाले पहिलेको माओवादीले संचालन गरेको सशस्त्र जनयुद्धलाई सम्झाएको छ । त्यतिबेला पनि माओवादीले यस्तै गरी विस्फोट र आक्रमण गर्ने गरेको थियो । १० वर्षसम्म चलेको त्यस्तो आक्रमणमा परी सयौं मानिसहरुको ज्यान गएको थियो ।
३. त्यो माओवादी पार्टीको ठूलो हिस्सा अहिले सरकारमा छ भने त्यसबाट फुटेर गएकाहरु विभिन्न नाममा आन्दोलित छन् । मोहनवैद्य किरणको समूहले आफ्नै किसिमले आन्दोलन गरिरहेको छ भने विप्लवले सशस्त्र आन्दोलनको घोषणासमेत गरेका छन् । एनसेल टावरमा भएको विस्फोट विप्लव समूहले गरेको अनुमान गरिएको छ ।
४. गतवर्ष सम्पन्न निर्वाचनमा स्थानीय तहदेखि केन्द्रसम्म कम्युनिष्ट पार्टीले अत्यधिक मतले विजय प्राप्त गरेको सर्वविदितै छ। त्यसको परिणाम अहिले केन्द्रमा कम्युनिष्टको सरकार छ । सात प्रदेश मध्ये ६ ओटा प्रदेशमा र धेरै स्थानीय तहमा पनि कम्युनिष्टले सरकार बनाएको अवस्था छ ।
५. राजनीतिक भाषामा सरकारमा कम्युनिष्ट, सडकमा कम्युनिष्ट र जंगलमा पनि कम्युनिष्टको राजभएको अवस्था छ । यस्तो बेलामा सरकारको समृद्ध नेपाल र सुखी नेपालीको अवधारणाछिटै पूरा हुन पर्दछ । किनभने जनताले पनि कम्युनिष्टले विकास गर्दछ कि भनेर यो अभूतपूर्व बहुमत दिएका हुन् ।
६. तर अहिले जनताको अभिलाषा विपरीत तिनीहरु नै एक अर्काप्रति हिलो छ्याप्दै आन्दोलनमा उत्रेका छन । ती तीनै पक्षका कम्युनिष्टहरुले आफूलाई सक्कली कम्युनिष्ट बताउँदै छन् । ती मध्ये को सक्कली को नक्कली जनता भने रनभुल्लमा परेका छन् । नेपालमा यो कस्तो स्थिति आएको हो, मानिसहरु अचम्ममा परेका छन् ।
७. यो एनसेलको टावर विस्फोट प्रकरणमा विस्फोटन गराउनेहरु माथि कडा कार्बाही गर्ने सरकारका गृह मन्त्रीले प्रतिबद्धता जनाएका छन् । एकैरात त्यति धेरै जिल्लामा विस्फोट गराएको त्यो समूह मोटाएको यो घटनाले प्रष्ट बताएको छ । सर्पको खुट्टा सर्पले देख्छ भने झैं त्यस सम्बन्धमा अरु भनि राख्नु आवश्यक छैन । तर शान्ति सुरक्षाको स्थिति राम्रो हुनुपर्दछ, विकास र निर्माणको कार्यले गतिलिनु पर्दछ । जनताको आम्दानीको स्तर बढ्नु पर्दछ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१