महिला क्रिकेटमा नेपाल र हङकङ वीच प्रतिस्पर्धा हुदै

एजेन्सी
फागुन १२, २०७५
pooooo


काठमाडौं, १२ फागुन । आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटमा आइतवार (आज) नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने छ ।

नेपालले आफ्नो चौथो खेल अन्तरगत थाइल्यान्डको बैंकक्मा आइतवार हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि भएको पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको थियो । त्यसैगरी दोस्रो खेलमा थाइल्यान्डसँग ५७ रनले पराजित हुदा तेस्रो खेलमा भने नेपालले यूएईलाई सात विकेटले पराजित गर्न सफल भएको थियो ।

खेल नेपाली समयअनुसार १२ बजेर ४५ मिनेटमा सुरु हुने छ ।हङकङलाई पराजित गर्दै विश्वकपको ग्लोबल छनोटमा पुग्ने सम्भावनालाई कायमै राख्ने दाउमा नेपाल रहेको छ । अहिले नेपाल अंक तालिकाको चौथो स्थानमा छ । नेपालले तीन खेलमध्ये एक खेलमा हार र दुई खेलमा जित हात पार्दै ४ अंक बनाएको छ । यता, शीर्ष स्थानमा रहेको थाइल्यान्डको भने ६ अंक छ । त्यस्तै, दोस्रो स्थानमा रहेको यूएईको पनि ६ अंक रहंदा तेस्रो स्थानमा रहेको चीनको पनि ६ अंक छ । अब नेपालले २५ तारिखमा चीनसँग खेल्ने छ भने अन्तिम खेलमा कुवेतसँग २७ फेब्रुअरीमा खेल्दैछ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै