म्याराथनको रुट तय

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७५
marathon-route

पोखरामा यही फाल्गुण ७ गते आयोजित सफल पोखरा अन्तराष्ट्रिय म्याराथन २०७५ को समय तालिका र रुट निर्धारण गरिएको छ।

४२.१९५ किलोमीटरक दौडको रुट विहान सात वजे रंगशालावाट सुरुभई पृथ्वीचोक, विरौटा छोरेपाटन, विरौटा, राष्ट्रवैंकचोक, हल्लनचोक, सृजनाचोक, सभागृहचोक, चिप्लेढुंगा, विन्ध्यवासिनी, हरिचोक, केआइसिंहपुल, नदीपुर, रानीपौवा, भद्रकाली स्कुल, चाउथे, भोटे चौतारा, वडा नं १४ कार्यालय, वडा कार्यालय १५ कृष्णमन्दिर, अमृत वेकरी र गेट नं ५ मा दौड सम्पन्न हुने भएको छ।

त्यस्तै दश कीलोमीटर दुरीको दौडमा पोखरा रंगशालावाट विहान ७.०० वजे सुरुभई पृथ्वीचोक हुदै विरौटा, राष्ट्रवैंक चोक, वसुन्धरा पार्क, हल्लनचोक, जिरो कीलोमीटर, सभागृह चोक र रंगशालामा पुगेर समापन हुने छ। पाँच कीलोमीटर दौड अन्तरगत विहा सात वजे सुरुभई पृथ्वीचोक, एयरपोट, रत्नचोक, सृजनाचोक, सभागृहचोक हुदै रंगशालामा पुगेर समापन हुने छ।

Related News

सम्बन्धित समाचार

hero news full width