खैरेनीटार बजार इकाइ विजयी

आदर्श समाज सम्वाददाता
फागुन ३, २०७५
kapada football20751027_Fotor

खैरेनीटार, २ फागुन। कपडा फेन्सी तथा कस्मेटिक व्यवसायी संघ, शुक्लागण्डकीको आयोजनामा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा खैरेनीटार बजार इकाइ प्रथम भएको छ ।

खैरेनीटार बजार इकाइ र होटल व्यवसायी संघ तनहुँबीच भएको फाइनलमा खैरेनीटार बजार इकाइ ३–२ गोलअन्तरले विजयी भएको हो ।

विजेता टिमले प्रमाणपत्र साथ खसी पुरस्कार प्राप्त गरेको छ भने उपविजेताले प्रमाणपत्रका साथ बोका पुरस्कार प्राप्त गरेको छ।

आयोजक संघका अध्यक्ष चिरञ्जीवी रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष बर्मकुमार श्रेष्ठ र सञ्चालन महासचिव जोशिला थापाले गरेकी थिइन्।

५ टिमको सहभागिता रहेको प्रतियोगिताको प्रमुख अतिथि समाजसेवी शेरबहादुर श्रेष्ठले रेफ्री विनोदकुमार श्रेष्ठलाई फुटबल हस्तान्तरण गरेर उद्घाटन गरिएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width