पोखरा, १३ माघ । कास्की जिल्ला फुटबल संघको आयोजनामा पोखरा रंगशालामा सोमबारदेखि मनकामना केवलकार पोखरा कप–२०७५ हुँदैछ । उद्घाटनमा एपीएफ र हिमालयन शेर्पाबीच प्रतिष्पर्धा हुनेछ ।
आयोजकले शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिता तयारी अन्तिम चरणमा पुगेको र उद्घाटन खेलमा एपीएफ र हिमालयन शेर्पाबीच उद्घाटन खेल हुने जानकारी दिएको छ ।
विदेशी २ सहित १२ टिमको सहभागिता हुने प्रतियोगितामा नेपालका उत्कृष्ट ९ क्लब मनाङ मस्र्याङ्दी, संकटा, थ्रिस्टार, नेपाल आर्मी, नेपाल पुलिस, एपीएफ, हिमालयन शेर्पा, च्यासल, ब्रिगेड ब्वाइज तथा जापानको रिस्सो युनिभर्सिटी र क्यामरुनको डफिन्स टिम फेमेलीको सहभागिता रहने संघ अध्यक्ष मिलन गुरुङले जानकारी दिए ।
यही माघ १५ देखि २६ सम्म हुने प्रतियोगितामा यसपालि पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ । जसअनुसार विजेताले ७ लाख ५५ हजार र उपविजेताले ४ लाख ५ हजार रुपैयाँ पाउने एन्फा कास्की महासचिव रमेश कार्कीले जानकारी दिए । पुरस्कार राशिमा २ लाख वृद्धि भएको हो ।
उत्कृष्ट खेलाडीलाई मोटरसाइकल र फुटबल खेलमा योगदान दिने एक जना खेलाडीलाई सम्मानस्वरुप स्कूटर प्रदान गरिनेछ । यस्तै एक जना पत्रकारलाई समेत सम्मानित गरिने छ ।
प्रतियोगितामा ५ विधाका उत्कृष्ट खेलाडीलाई जनही २५ हजार सहित ट्रफी प्रदान गरिनेछ ।
प्रतियोगिता संचालन गर्न १ करोड १७ लाख लाग्ने र प्रतियोगिताबाट आम्दानी १ करोड २८ लाख ५० हजार हुने आयोजकको विश्वास छ । बचत रकम फुटबल खेलको विकासमा खर्च गरिने पनि अध्यक्ष गुरुङले बताए ।
पोखरा रंगशालाको पुरानो फुटबल स्टेडियम भत्काइनु र नयाँ निर्माण प्रक्रिया समेत अघि नबढ्दा खेल संचालन गर्न रकम बढी लाग्ने अध्यक्ष गुरुङले बताए । अस्थायी प्यारापिट निर्माण, शौचालय, चेन्जिङ रुम निर्माणलगायतमा बढी खर्च हुँदा प्रतियोगिता संचालनमा भार बढेको आयोजकको गुनासो छ ।
पाँचौ संस्करणसम्म निरन्तर आयोजित सो प्रतियोगिताले २ वर्षपछि पुनः निरन्तरता पाएको छ । प्रतियोगितालाई मनकामना केवलकारले मुख्य प्रायोजन गरेको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश स्क्वास ¥याकेट संघमा रञ्जित
खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी
तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि
लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन
वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१