सगरमाथाले सम्झ्यो तारादेवी

आदर्श समाज सम्वाददाता
माघ १०, २०७५
navaraj guru_Fotor

सगरमाथा मार्ग आमा समूह पोखरा–१४ ले स्वर किन्नरी तारादेवीको १३ औं स्मृति दिवसमा बुधबार आयोजना गरेको सांगीतिक कार्यक्रममा कलाकारहरू। तस्वीरः आदर्श समाज

पोखरा, ९ माघ । लोकप्रिय गायिका तारादेवीका यस्तै कालजयी गीत गाएर उनलाई पोखरामा सम्झिएको छ ।

“कालीपारे दाइ कति राम्रो
ढाका टोपी, काँधैमा गलबन्दी”

पोखरा–१४, औद्योगिक क्षेत्रस्थित सगरमाथामार्ग आमा समूहले बुधबार उनको १३ औँ वार्षिक स्मृतिमा सांगीतिक कार्यक्रम गरेको हो।

कार्यक्रममा गायक नवराज बराल, पशुपति गुप्ता, लक्ष्मी गिरी, पिङ्गला भट्ट, खिमकुमार गुरुङ, जूना क्षेत्री, पद्मराज ढकाल, अभिमन्यूविक्रम राणा लगायतले तारादेवीका शुभकामना, नौ सय खोला, उकाली ओरालीहरुमा लगायतका एकल तथा युगल गीतहरु गाएका थिए। उक्त कार्यक्रम उद्घाटन गर्दै सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले तारादेवीलाई सम्झिएर सगरमाथामार्ग आमा समूहले सह्रानीय कार्य गरेको बताए। भक्ति संगीत प्रतिष्ठानका अध्यक्ष नवराज बरालले तारादेवीलाई स्वरकिन्नरी “क” को उपाधि मिलेको बताउँदै पोखरामा २०६३ सालमा तारादेवीका गीतमा सविना सुनामको एकल साँझ आयोजना गरिएको स्मरण गरे ।

स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले नेपाली संगीते क्षेत्रमा तारादेवीको अतुलनीय योगदान रहेको उल्लेख गरे।

कार्यक्रममा सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठानका उपाध्यक्ष अभिमन्यूविक्रम राणा, महासचिव मनकुमार श्रेष्ठ, सगरमाथा टोल विकास संस्थाका अध्यक्ष रुपबहादुर थापा, सगरमाथा आमा समूहका सल्लाहकार पवित्रा पचभैयाले शुभकामना मन्तव्य राखेका थिए।

सगरमाथा मार्ग आमा समूहका अध्यक्ष एवम् लोकगायिका जूना क्षेत्रीको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष रेणु जिसीले स्वागत तथा सचिव मञ्जु श्रेष्ठले सञ्चालन गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width