बडीबिल्डर महेशको सम्मान

आदर्श समाज सम्वाददाता
माघ ४, २०७५

पोखरा, ३ माघ । बडी बिल्डिङमा विश्व च्याम्पियन नेपाली बडी बिल्डर महेश महर्जनलाई मेगा जिम प्रालिले पोखरामा शनिबार नगदसहित सम्मान गर्ने भएको छ ।

महेशले थाइल्यान्डमा आयोजित वल्र्ड बडी बिल्डिङ एन्ड फिजिक स्पोर्टस च्याम्पियनसीपमा ७५ केजी तौल समूहमा पहिलो स्थान हात पारेका थिए।

योसँगै काठमाडौंका विभिन्न संघसंस्थाहरुले उनको सम्मान गरिसकेको छ। पोखरामा उनको पहिलो पटक सम्मान हो।

पोखराको ट्रेडमलस्थित सो जिमले आफ्नो वार्षिकोत्सव अवसर पारेर उनलाई सम्मान गर्न लागेको जनाएको छ ।

मेगा जिमका नियमित सदस्य गण्डकी प्रदेश सांसद बिन्दुकुमार थापा र राजीव पहारीले महेशलाई सम्मान गर्ने मेगा जिम प्रालिका अध्यक्ष नवीन श्रेष्ठले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width