क्षत्री समाजको राष्ट्रिय महाधिवेशन पोखरामा हुने

आदर्श समाज सम्वाददाता
माघ १, २०७५

पोखरा, ३० पुस।  क्षत्री समाज नेपालको केन्द्रीय महाधिवेशन चैत २३ र २४ गते पोखरामा हुने भएको छ । दमौलीमा सम्पन्न केन्द्रीय विस्तारित बैठकले सो निर्णय गरेको हो।

राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि क्षत्री एकता सहित जातीय जनसंख्याका आधारमा पूर्ण समानुपातिक व्यवस्था कार्यान्वयन गराउन समाजको नेतृत्व चयन गर्न महाधिवेशन निर्णायक रहने केन्द्रीय सचिव कृष्ण थापाले बताए।

महाधिवेशनलाई बृहत् सहभागितासहित समाजले लिएको माग र मुद्दालाई संस्थागत गराउन निर्णायक रुपमा अगाडि बढाइने उनले बताए । समाजको ६२ जिल्लामा कार्यसमिति र भातृ समाजको सक्रियता रहेको जनाइएको छ ।

बैठकले महासचिव रोमबहादुर कार्की, कोषाध्यक्ष रिबबहादुर थापाद्वारा प्रस्तुत सांगठानिक तथा आर्थिक प्रतिवेदनलाई पारित गरेको छ।

समाजले फागुन मसान्तभित्र सम्पूर्ण जिल्ला कार्यसमिति, भातृ समाजहरुबाट महाधिवेशन प्रतिनिधि चयन गरिने, सोको व्यवस्थापन सचिवालय मार्फत कार्यान्वयन गरिने भएको छ।

बैठकमा पूर्व केन्द्रीय अध्यक्ष प्राडा दिलबहादुर क्षत्रीले क्षत्रीहरुको माग मुद्दा सम्बोधनका लागि तथा राष्ट्रिय अखण्डताका लागि समाज सशक्त रुपमा अगाडि बढ्नुपर्ने बताए।

समाजका केन्द्रीय अध्यक्ष प्राडा चन्द्रबहादुर थापाले जातीय आरक्षणविरुद्ध राष्ट्रिय एकताका प्रतीक बडामहाराज पृथ्वीनारायण शाहको जन्मजयन्ती पुस २७ लाई राष्ट्रिय पर्वको रुपमा स्थापना गराई क्षेत्री दिवस घटस्थापनालाई पर्वको रुपमा सार्वजनिक बिदासहित राष्ट्रिय सद्भावका लागि समाज सदैव लाग्नुपर्ने बताए।

बैठकमा जिल्लागत रुपमा कार्यप्रगति सहित सुझाव पेश गरिएको थियो।

केन्द्रीय उपाध्यक्ष योगेन्द्रबहादुर कार्की, तनहुँका अध्यक्ष क्याप्टेन भरतबहादुर अधिकारीले केन्द्रले सम्पूर्ण जिल्लालाई कार्यक्रम सहित सहभागिता बढाउनुपर्ने बताए।

बैठकले फागुन मसान्तभित्र बाँकी रहेका सम्पूर्ण जिल्ला मातहतका समाज, भातृ समाजको अधिवेशन गराउने निर्णय गरिएको सचिव शंकरबहादुर केसीले बताए।

Related News

सम्बन्धित समाचार

  • अन्नपूर्ण गापाले सार्वजनिक गर्‍ यो वर्षभरीका उपलब्धि

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा, ६ जेठ ।अन्नपूर्ण गाउँपालिकाले पछिल्लो १ वर्षमा गरेका कार्य समेटेर छापिएको पुस्तक ‘अन्नपूर्ण दर्पण भाग २’ आइतवार सार्वजनिक गरेको…
  • पेमा धेछेन्लिङ गुम्बामा प्रवचन

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । २५६८ औं बुद्ध जयन्ती एवं सागा दावा तिथिको अवसरमा आयोजित धार्मिक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । पेमा…
  • एकातिर खोला, अर्कैतिर पुल

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    म्याग्दी ।  जलवायु परिवर्तन र नदीको पानीको बहावको राम्ररी विश्लेषण नगरी पुल निर्माण गर्दा पुल एकातिर र नदी अर्कैतिर बग्ने…
  • एचआइभी संक्रमणले पढाइबाट वञ्चित

    नवराज पहाडी जेठ ५, २०८१
    लमजुङ । मध्यनेपाल ५, दुईपिप्लेको भैरवकाली मावि एलकेजीमा यसै वर्ष ५ वर्षीया बालिका श्रीदेवी (नाम परिवर्तन) भर्ना भइन् । तर…
  •  १०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…      

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    काठमाडौं ।  खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका-७ टेम्माका सहरमान विश्वकर्माको दुवै आँखाको दृष्टि ९८ वर्ष उमेर पुगेपछि कमजोर हुँदै गयो । बढ्दो…

hero news full width