पोखरा २९ पुस।पोखराको अमरसिंह चौरमा जारी नवौ संस्करणको महोत्सवमा दर्शकको चाप बढ्दो छ।
महोत्सवको तेस्रो दिन सम्म आइपुग्दा सहभागिता सँगसँगै लेखनाथको पचभैँयामा निर्माणाधिन पोखरा जुलोजिकल पार्क अवलोकनमा पनि लको लागेको छ।
महोत्सव आयोजक युनाइटेड क्लवले महोत्सव स्थलबाट जंगलको झल्को दिने गरी सिंगार पटार गरिएको बसमा आइतवार मात्र ७० जनाले निःशुल्क जुलोजिकल पार्कको अवलोकन गरी फकेर्को यातायात व्यवस्थापन उपसमिति संयोजक श्यामकृष्ण श्रेष्ठले जानकारी दिए।
महोत्सवमा कृषि, दैनिक उपभोग्य सामग्री, जाडो यामका सामाग्रीको बिक्री वितरण उल्लेख्य मात्रामा भएको प्रचारप्रसार संयोजक शान्तबहादुर थापा बताउँछन्।
आइतवार महोत्सवमा ख्याति प्राप्त सालैजो गायक राजु गुरुङको सालैजोले दर्शकलाई छमछम नचायो। स्टेज पुग्नासाथ ‘ज्याग्दी रयाले घरमा दिल छैन तिम्रो मायाले’ बोलको गीतबाट गीत गाउन सुरु गरेका गुरुङले ‘बसेर खाउली’ ‘तीते करेलीले’ साथै, चर्चित सालैजो ‘फूलको थुङ्गा फेवातालमा डुङ्गा’ बोलको गीत गाउँदा महोत्सवको माहोल तातेको थियो।
महोत्सवमा आइतवार लोकदोहोरीतर्फ प्रजापति पराजुली, शिवहरी ढुंगाना, घनश्याम रिजाल, जीवन दाहाल, केशव देवकोटा, प्रेमराज अधिकारी, सरला पाण्डे, जुना क्षेत्री, मन्जु विकको प्रस्तुती रहेको थियो।
प्रदेशस्तरीय दोहोरी प्रतियोगिताको लम्जुङ र कास्की बीचको प्रतियोगितामा कास्की विजयी भइ अघिल्लो चरणमा प्रवेश गरेको छ। त्यसैगरी लाइभ कन्सर्ट तर्फ पुष्पन प्रधानको ब्याण्डको प्रस्तुतीले मनोरञ्जन प्रदान गरेको थियो। महोत्सवको बिहानी संस्करणमा तरेली सांस्कृतिक परिवारको सांस्कृतिक नृत्य रहेको थियो।
साथै, महोत्सवमा आइतवार गुरुङ संस्कृतिमा प्रचलित रोधीलाई सल्यान खनडाँडा टाँउ घरेडी तमु समाजले प्रत्यक्ष प्रदर्शन गरेको सांस्कृति व्यवस्थापन उपसमिति संयोजक राजु श्रेष्ठले जानकारी दिए।
महोत्सवमा सोमवार बद्री पंगेनी, जीवन दाहाल, रामजी पौडेल, करन तामाङ, पार्वती जिसी, सविना गुरुङ, मीना श्रीष, विश्चल दवाडीलगायतको प्रस्तुती रहने जनाइएको छ।
यस्तै, लाइभ कन्सर्टतर्फ लोक ब्याण्ड प्रश्न र ख्यातिप्राप्त ब्याण्ड मंकी टेम्पलको प्रस्तुती रहने भएको छ। यस्तै, हास्यव्यङ्ग्य तर्फ अर्जुन (पाँडे) र कुमार (जिग्री), झाँकी प्रदर्शनीतर्फ रामबजार पुन समाजको मौलिक सोरठी नृत्यको प्रस्तुति रहने जनाइएको छ।
Related News
सम्बन्धित समाचार
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१