लेखनाथ साहित्य पुरस्कार वसन्तकुमारलाई

आदर्श समाज सम्वाददाता
पौष १३, २०७५
vasanta kumar sharma nepal_Fotor

पोखरा, १२ पुस । लेखनाथ साहित्य प्रतिष्ठानले सञ्चालन गदैर्आएको लेखनाथ–साहित्य पुरस्कार–२०७५ वरिष्ठ साहित्यकार वसन्तकुमार शम्र्मा ‘नेपाल’ लाई प्रदान गरिने भएको छ।

सात दशक अघिदेखि नेपाली भाषा र साहित्यमा महत्वपूर्ण योगदान पुर्याएवापत उनलाई सो पुरस्कारबाट सम्मान गरिने प्रतिभा छनोट समितिले निर्णय गरेको हो ।

प्रतिष्ठान सल्लाहकार तथा पुरस्कार अक्षयकोष अध्यक्ष डा शुक्रराज अधिकारीको संयोजकत्वमा गठित प्रतिभा छनोट समिति सदस्यमा प्राडा रविलाल अधिकारी, डा प्रतिभा पाण्डे, रमा शर्मा र सदस्यसचिव कृष्णप्रसाद पौडेल थिए ।

बृहत् नेपाली शब्दकोषका सहायक सम्पादक तथा संक्षिप्त संस्कृत–नेपाली शब्दकोषका सम्पादक समेत रहेका वरिष्ठ साहित्यकार काठमाडौं चावहिल निवासी वसन्तकुमारका ६२ वटा साहित्यिक कृति प्रकाशित छन्।

कविशिरोमणि लेखनाथ पौड्यालको १३५ औं जन्मजयन्ती अवसरमा पुस १५ मा कविको जन्मस्थल अघौर्ं अर्चलेमा आयोजना हुने बृहत् साहित्यिक समारोहमा उक्त पुरस्कार प्रदान गरिनेछ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै