बालबालिकाका समस्या र समाधानबारे छलफल

आदर्श समाज सम्वाददाता
मंसिर २५, २०७५
Manteshwari Association Kaski

पोखरा, २४ मंसिर । मन्टेसरी एशोसिएसन कास्कीको आयोजनामा बालबालिकामा हुने विभिन्न समस्या र समाधान उपायबारे छलफल कार्यक्रम भएको छ ।

एशोसिएसन अध्यक्ष अरुना शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशिक्षक लण्डनकी शारन म्याक नेश रहेकी थिइन्।

कार्यक्रममा ३६ विद्यालयका ५० जना संस्थापक, प्रिन्सिपल र शिक्षकको सहभागिता रहेको एशोसिएसन सहसचिव जनार्दन सुवेदीले बताए।

एशोसिएसन उपाध्यक्ष मिलन केसीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन सचिव कुलप्रसाद सुवेदीले गरेका थिए।

यसैबीच, एशोसिएसनको आयोजनामा शनिबार अन्तक्रिर्या एवं वनभोज कार्यक्रम भयो । सांसद राजीव पहारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सन्तोष सिलवाल, राजन सुवेदी, एशोसिएसन उपाध्यक्ष मिलन केसी, सहसचिव जनार्दन सुवेदी लगायतले मन्टेसरी एशोसियसनले शिक्षा र सामाजिक क्षेत्रमा गरेको योगदानको चर्चा गरेका थिए। कार्यक्रम एशोसिएसन अध्यक्ष अरुना शेरचनको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width