दीपशिखा पुस्तकालयलाई सहयोग

आदर्श समाज सम्वाददाता
मंसिर १७, २०७५
dipa shika help_Fotor

लेखनाथ, १६ मंसिर ।पोखरा महानगरपालिका वडा नं २९ को भण्डारढीकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयलाई सोही वडा निवासी बयोबृद्ध भोजराज भण्डारीले आर्थिक सहयोग गरेका छन् ।

पुस्तकालयको ११ औं बाषिर्क साधारणसभा तथा छैटौं अधिवेशनको अवसर पारेर भण्डारीले पुस्तकालयको पाठ्य सामाग्रीमा सहयोग पुर्‍याउने उद्देश्यले पचास हजार रुपैयाँ नगद आर्थिक सहयोग गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख मानवहादुर जिसीलाई भण्डारीले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख जिसीले पुस्तकालयलाई समय सुहाउँदो र बदलिदो समयको मागअनुसार इ-लाइवे्ररीको रुपमा विकास गराउँदै तालिम सेन्टरको रुपमा विकास गराउँदै सूचनाको केन्द्र बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहयोगदाता भोजराज भण्डारी, सस्थापनक सचिव देवमणि भण्डारी, वडा नं ३२ का वडाअध्यक्ष अकंलबहादुर कार्की, जनप्रकाश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ऋषिराम बुढाथोकी, पूर्वअध्यक्ष इश्वरबहादुर हमाललगायतले आफना धारणा राखेका थिए ।

पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष होमनाथ पौडेलले स्वागत र सचिव सोमतबहादुर श्रेष्ठले संचालन गरेका थिए ।

पुस्तकालयको अधिवेशनबाट आगामी कार्यकालका लागि पुनः कृष्णहरि भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा जंगवहादुर गुरुङ, सचिवमा पदमप्रसाद पौडेल, सह-सचिवमा शंकरप्रसाद पौडेल, कोषाध्यक्षमा ऋषिराम भण्डारी र सदस्यहरुमा विश्वराज पौडेल, शान्ति पौडेल, दिपकमणि भण्डारी, चन्द्रबहादुर गुरुङ र शिवकुमारी भण्डारी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width