पोखरा, ५ मंसिर। सुनिल सिग्देलको चित्रकला प्रदर्शनी छुटाउनु भएन। उनीहरु पहिलो दुर्इ पिरियड पढेर पोखरा आउने योजना बनाए। टासी लामा, जगदीश मोक्तान र सुमन राई तीनै जना एउटै कक्षका सहपाठी हुन्। काठमाडौं ललितकला क्याम्पसमा चित्रकलामा स्नातक पढ्दै गरेका।
कलाका पारखी उनीहरुलाई सुनिलको कला उनकै गृहनगर पर्यटकीय सहर पोखरामै नजिकबाट जान्ने हुटहुटी थियो। जतिबेला सामाजिक सञ्जालबाट उनको एकल चित्रकला प्रदर्शनी पोखरामा हुने खबर थाहा भो।
महेन्द्रपुलस्थित पिएसएम आर्ट ग्यालरीमा चलिरहेको सुनिलको कला प्रदर्शनी छिरेपछि मकवानपुरका टासी अचम्मित बने। भने, ‘दाइ (सुनिल) को आर्ट डिफरेन्ट छ।’ सुनिलका फ्यान टासीले सुनाए, ‘सुनिल दाइको बारेमा धेरै सुने पनि पहिलोपल्ट प्रत्यक्ष रुपमा उहाँलाई र कला एकैसाथ हेर्न पाएँ। असाध्यै खुसी लागेको छ।’
रामेछापका जगदीश पनि उस्तै मोहित बने। ‘सुनिल दाइको कला हरेपछि यस्तो लाग्छ, जो कोही पनि सेफ्ट मोटिभ हुन्छ,’ जगदशीले सुनिलको प्रशंसा गर्दै भने, ‘हरेक विषयलाई सोसियोपोलिटिकलमा ढालेर प्रस्तुत गर्ने उहाँको कला अपरम्पार छ।’
लामो समयसम्म प्रदर्शनीमा घोत्लिएपछि उनीहरुले जाँदाजाँदै सुनिलसँग सेफ्टी खिचे। र, अझ प्रगतिको कामना गर्दै बिदावारी भए।
पोखरा-१३ कुँडहरका स्थायी बासिन्दा ४० वषे सुनिल पनि ललितकला क्याम्पसका प्रोडक्ट हुन्। चित्रकलामा स्नातक गर्दैगर्दा उनले सन् २००१ मा काठमाडौंको नाफामा पहिलो एकल चित्रकला प्रदर्शनी गरेका थिए। राजधानी काठमाडौंमा उनले हालसम्म ६ प्रदर्शनी गरिसक्दा पहिलो पटक जन्मस्थल पोखराको प्रदर्शनीमा ओर्र्लिएका हुन्। त्यसो त सामूहिक प्रदर्शनी तथा सेमिनारमा भाग लिनेक्रममा विभिन्न मुलुक घुमिसकेका छन्। घुम्ने क्रममा भारत, पाकिस्तान, श्रीलंका, ताइवान, जापान, डेनमार्क, बेलायत, स्वीडेन लगायत मुलुकमा उनको कला फैलिइसकेको छ ।
सुनिल समसामयिक राजनीति र सामाजिक पक्षलाई टपक्क टिपेर कुचीमा पोख्छन्। गत वर्ष भारतमा भएको ‘इण्डिया आर्ट फेयर’मा सुनिलको कला धेरै जनाले मन पराएका थिए। अरुको तुलनामा फरक थिए, उनका चित्र। त्यही खालका फरक १६ चित्र अहिले सिर्जनशील कलाकार समूहको संयोजनमा सेती नजिकैको भित्तामा पोतिएका हुन्। गत शुक्रबारदेखि सुरु प्रदर्शनी एक साता चल्ने भनिए पनि शुभचिन्तकको आग्रहमा एक दिन लम्बाएर शनिबारसम्म जारी रहने भएको छ। कलाकार बात्स्यायानले उद्घाटन गरेको ‘इको अफ साइलेन्स’ नाउँको सो प्रदर्शनी अवलोकन गर्न दिनहुँजसो टाढा-टाढाबाट मानिसहरु आउने गरेका छन्। चित्रमा त्यस्तो के छ त- उनको चित्र बुझ्न गहिरो गरी हेर्नुपर्छ। चित्ताकर्षक ती चित्रमा विभिन्न विषयवस्तुको फ्यूजन छ। १६ चित्रमध्ये कञ्चनपुरकी निर्मला पन्तको चित्रले धेरैको ध्यान खिच्यो। बलात्कारपछि निर्ममतापूर्वक हत्या गरिएकी निर्मला हत्याकाण्डका दोषी सरकारले खोज्दै गर्दा सुनिलले भने उनलाई देवीको रुपमा प्रस्तुत गरेका छन्। हुन त देवीले असूरहरुलाई बथ गरेको खुसीयालीमा दसैं पर्व मनाउने हाम्रो परम्पराछ । तर निर्मलाको ‘पोटे्रट’ देखेपछि देवीरुपी निर्मला भने असूरहरुबाटै पराजित हुुनुपरेको यथार्थ प्रस्तुत छ। मानवरुपी दानवबाट मृत्युको मुखमा पुगेकी निर्मलाको संर्घष्ामा आफूले उनलाई देवी बनाएको बताए।
इण्डिया आर्ट फेयर, २०१७ मा उनको ‘पिस ओर्नर्स’ चित्रले धेरैको ध्यान खिचेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रसियाका भ्लादिमिर पुटिन र दक्षिण कोरियाका किम जोङको कार्यशैलीलाई उनले सो चित्रमा ब्यङ्ग्यात्मकरुपमा प्रस्तुत गरेका थिए। असाध्यै सजिसजाउ सो चित्रमा विश्वकै ध्यान खिच्ने शक्तिशाली भनिएका व्यक्तिको भनाइ र गराइ फरक रहेको उनको ठहर छ।
सुनिलको चित्र बहुमूल्य छन्। यतिसम्मकी गत वर्ष १३ लाखमा एक भारतीयलाई उनले चित्र बेचेका थिए। त्यो कुन थियो त – जिज्ञासा मेटाउँदै उनले भने, ‘रिप्रोडक्टिभ माइण्डस्’ चित्र हो। सिरिज अफ आर्टस् सो चित्रमा शक्तिशाली व्यक्तिको दिमागबाट सञ्चालित श्वासप्रश्वास धूमिल थियो।
यस्तै, सर्वहाराको लागि लड्ने भनिए पनि सत्तामा पुगिसकेपछि मोजमस्तीमा रमाउने प्रवृत्ति ‘माक्सिक्ट काउच’ चित्रले बोलेको छ। चित्रमा मोनालिसा, गोर्खा भर्तीसहित छन्। माओ, लेनिन र स्टालिनका चित्रले पहेंलो मुटु र मुख रातो रंगले व्यङ्ग्यात्मक शैली प्रस्तुत गरेको छ।
पोखरापछि काठमाडौंमा सामूहिक चित्रकलापछि भियनामा अर्को चित्रकला प्रदर्शनीको लागि सुनिलले तयारी गर्दैछन्। कलाप्रति अधिकांशको जिज्ञासा हुने गर्छ। तपाई हामी साहित्यकार तथा अन्य कलाकारलाई जति सहजै चिन्छौ चित्रकारलाई सहजै चिन्दैनौं। यो बिडम्बना हो। कला भन्ने विषय विद्यालयस्तरको हाम्रो पाठ्यपुस्तकमा कहिल्यै पढाइएन। अबको सरकारले यसबारे सोच्नु आवश्यक छ, उनको सुझाव छ। सुनिलले जाँदाजाँदै भने, ‘म विभिन्न देश घुमें, के लाग्यो भने बेस चाहिँदोरहेछ। त्यसैले मैले धार्मिक विषयवस्तु झल्काउने थान्का पेन्टिङ, पौभा पेन्टिङ, परम्परागत कामहरु र उनीहरुको विषय समेत काममा हाल्ने गरेको छु।’
Related News
सम्बन्धित समाचार
अन्नपूर्ण गापाले सार्वजनिक गर् यो वर्षभरीका उपलब्धि
पेमा धेछेन्लिङ गुम्बामा प्रवचन
एकातिर खोला, अर्कैतिर पुल
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
१०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
hero news full width
मुख्य समाचार
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१