कर्णेल जेपीक्रस बास्केटबल मंसिर १३ देखि

आदर्श समाज सम्वाददाता
कार्तिक ३०, २०७५
basketball_Fotor

पोखरा, २९ कात्तिक। १६ औं कर्णेल जेपीक्रस विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता मंसिर १३ देखि १७ सम्म पोखरा रंगशालाको बास्केटबल कोर्टमा हुने भएको छ।

कास्की जिल्ला बास्केटबल संघको आयोजनामा हुने उक्त प्रतियोगितामा समाजसेवी तथा पूर्व ब्रिटिश सेनाका कर्णेल जेपीक्रसको मुख्य प्रायोजनमा आयोजना हुँदै आएको छ।

प्रतियोगिताको लागि कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष ध्वजकुमार गुरुङको संयोजकत्वमा १३ सदस्यीय आयोजक उपसमिति गठन गरिएको संघले जनाएको छ।

आर्थिक समितिमा जमानसिं दुरा, विद्यालय समन्वयमा कृष्ण गुरुङ, शान्ति शुरक्षामा सुरेश गुरुङ छन्।

पुरस्कार तथा प्रमाणपत्र व्यवस्थापनमा प्रदीप रसाइली, सचिवालयमा शिव पुन, प्रचारप्रसारमा अर्जुन परियार, निर्णायक तथा प्राविधिकमा अमर पुन, मञ्च व्यवस्थापनमा भरत बानियाँ, ब्यानर व्यबस्थापनमा विशाल गुरुङ, प्राथमिक उपचारमा रोजी गुरुङ, स्वयंसेवकमा विशन राना र मैदान ब्यवस्थापनमा विष्णु गुरुङ छन्।

लिग कम नक आउटका आधारमा संचालन हुने प्रतियोगितामा छात्रतर्फ २० र छात्रा तर्फ १५ टिमको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतियोगितामा छात्र र छात्रा तर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः १०, ६ र ४ हजारका साथमा ट्रफी, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। गत वर्ष छात्र-छात्र दुबैतर्फ टप्स माविले उपाधि जितेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width