पोखरा, २५ कात्तिक। अघिल्लो बर्षको असोज महिनामा पोखरा बागलुङ सडकखण्डमा पर्ने जीरो किलोमिटरमा रहेको योगेन्द्रमान शेरचनको शालिकसहित चोकको आइल्याण्ड हटाइयो । शालिक सडक डिभिजन कार्यालयमा राखिएको छ । आइल्याण्ड हटाएपछि चोकमा अहिले नयाँ डोम राखिएको छ । त्यसैमा बसेर ट्राफिक प्रहरीले सवारी साधनलाई आउजाउ गर्न बाटो देखाउँछन् ।
चोकमा जताबाट छिरेपनि अगाडीको दृष्य सजिलै देखिन्छ। सडकमा गाडीको जाम धेरै हुन थालेपछि पोखरा महानगरपालिकाले चोकमा रहेका आईल्याण्डको आकार घटाउने अभियान सुरु गरेको हो । स्मार्ट चोक वनाउने भन्दै एक बर्षको अवधिमा महानगरले चारवटा मुख्य चोकको आईल्याण्ड घटाएको छ । अघिल्लो बर्षको भदौ मसान्तदेखि थालिएको अभियान अन्तर्गत जीरो किलोमिटर सहित पृथ्वीचोक, अमरसिंह चोक र विरौटा चोकको आइल्याण्ड सानो पारिएको हो ।
अघिल्लो बर्षको असोज पहिलो साता भत्काइएको पृथ्वीचोकको आइल्याण्ड चाहीँ अहिले पनि अस्तब्यस्त छ । आइल्याण्डसँगै हटाइएको प्रथम शहीद लखन थापाको शालिक पनि केही जातिय समूदायको दवाव पछि पुनः निर्माण गरियो ।
१८ लाख रुपैयाँमा निर्माण भएको शालिक एकबर्षसम्म पनि सिंगारिएको छैन । न त आइल्याण्ड राम्रो बनेको छ । असोजमै भत्काइएको अमरसिंहचोकको सुन्दर आइल्याण्ड ब्यवस्थित भएको छैन । स्मार्ट बनाउनका लागि भत्काइएका पोखराका आइल्याण्डहरु अहिले झनै कुरुप देखिएका छन् ।
एकबर्षपछि महानगरले पुनः विरौटाचोकको आइल्याण्डमा डोजर चलायो । तर, त्यहाँको शालिक भर्त्काएन । विरौटा चोकमा गुरुङ जातिका संस्कृति झल्किने शालिक छन् । शालिकलाई त्यहीँ राख्ने र शालिकसम्म पुग्न सिँढी निर्माण गर्ने सहमति पछि आईल्याण्ड भत्काईएको महानगर श्रोत बताउँछ । चोकमा राखिएका शालिकहरु कतै हटाउने र कतै छोड्ने गर्दा पोखरा महानगरले राजनीति र जातियताका आधारमा शालिकमाथी नै विभेद गरेको गुनासो अगुवाहरुले गर्न थालेका छन् ।
‘एउटै काममा पनि यति धेरै विभेद गर्नु हुँदैन । राजनीतिक पूर्वाग्रहमा काम गर्नु महानगरको गैर जिम्मेवारी हो,’ पोखराका नागरिक अगुवा रामबहादुर पौडेल भन्छन्, ‘चाहे पृथ्वीचोक होस्, चाहे विरौटा चोक होस् सामाजिक न्यायका आधारमा काम गर्नुपर्छ । सबै शालिक हटाएर पार्कमा लगेर राख्नुपर्छ ।’
सबैलाई समान ब्यवहार गर्न अगुवा पौडेलको आग्रह छ । महानगरले नगरभित्रका शालिकलाई एक ठाउँमा राखेर शहीद तथा विभुतिपार्क निर्माण गर्न सराङकोटस्थित जामुनाबोटमा जग्गा खोजी गरेर डीपीआर तयार गरिसकेको छ । यसैका लागि हाल १ करोड रुपैयाँ विनियोजन समेत भैसकेको छ । महागरको यो अभियान पूरा हुनेमा धेरैको शंका छ । पोखरालाई नजिकबाट हेरिरहेका विश्व सिग्देल चोकमा भएको विभेदप्रति प्रतिपक्षी र अगुवाहरुको दोष देखाउँछन् । ‘विभेद भएको छ भन्ने सबैलाई थाहा भैसकेको कुरा हो । यसमा महानगरको कमजोरी पक्कै छ,’ सिग्देलले भने, ‘तर विभेद सहनु सबैभन्दा ठूलो गल्ती हो । यहाँका अगुवा र महानगरभित्रका प्रतिपक्षीहरु यसका दोषी छन् ।’
महानगरका मेयर मानबहादुर जिसी चाहीँ उपयुक्त ठाउँ तयार गरेर शालिक हटाउने बताउँछन् । सराङकोटमा ५७ रोपनी जग्गा खोजेर डिपिआर समेत तयार भैसकेको छ।
‘डीपीआर तयार भैसक्यो । पैसा पनि छुट्टाइएको छ,’ उनले भने, ‘शहीद र विभुतिलाई फरक ब्लक बनाएर सुन्दर पार्क निर्माण गर्ने हो । यो बर्षभित्रै ब्लक छुट्याउने काम हुन्छ ।’
सबै चोकमा रहेका शालिक हटाउने विषयमा सम्बन्धित पक्षसँग केही चरणमा कुराकानी भैसकेकोले उपयुक्त विकल्प दिएर स्मार्ट चोक निर्माण गरिने उनको भनाई छ। ‘चोकलाई स्मार्ट बनाउने र शहरलाई सुन्दर बनाउन हामी लागिरहेका छौं,’ उनी भन्छन्, ‘यो बर्ष पार्क निर्माणको काम थालनी हुन्छ । ब्यवस्थित बनाउँदै पर्यटकलाई घुम्ने ठाउँ बनाउनेगरि काम हुन्छ।’
चोकमा अब्यवस्थित आइल्याण्डका कारण एकातिर ट्राफिक प्रहरीलाई सवारी पास गराउन समस्या भैरहेको छ भने गाडीको जाम पनि उत्तिकै बढिरहेको छ । भत्काएर समयमा नबनाए दुर्घटना बढ्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रबक्ता प्रहरी नायव निरीक्षक शिव थापाले बताए ।
‘आइल्याण्ड घटाउनु राम्रो हो । तर भत्काएर त्यतिकै छोड्दा झन् दुर्घटना बढ्छ,’ उनले भने, ‘धुलोका कारण मानवीय स्वास्थ्यमा पनि जटिल समस्या भैरहेको छ। आइल्याण्डलाई तुरुन्त ब्यवस्थित गर्नुपर्छ ।’
पोखरामा अझै दर्जनभन्दा बढी चोकहरुमा आइल्याण्ड छन् । सबै चोकहरुलाई ब्यवस्थित गर्दै लैजाने महानगरले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१