पोखरा, २७ असोज । श्री चण्डिका महिला बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारण सभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभा उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश उपसभामुख सृजना शर्माले महिलाको पहलमा स्थापित सहकारीले समाजलाई टेवा पुग्ने गरी कार्य गरेकोमा खुसी व्यक्त गरिन् । उनले सहकारी माध्यमबाट राष्ट्र समृद्ध बनाउन सबैजना लाग्नुपर्नेमा जोड दिइन् । पोखरा महानगरपालिका वडा १४ का वडाध्यक्ष प्रेमबहादुर कार्कीले संस्थाको सफलताको शुभकामना दिए ।
सो अवसरमा विभिन्न क्षेत्रका सात जनालाई सम्मान गरिएको थियो। सहकारी अध्यक्ष डीलकुमारी जिसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सुनिता उपाध्यायले गरेकी थिइन् ।
पोखरा महानगरपालिका वडा १४, काजीपोखरीस्थित सो सहकारीमा कुल २ सय ४ जना सेयर सदस्य रहेको बताइएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१