पोखरा, ११ असोज। शीतलज्योति युवा क्लबको आयोजनामा जारी दोश्रो स्व. किरण खड्का स्मृति सेभेन ए साइड फुटबल प्रतियोगितामा एलजी एशोसिएसन रेड, माछापुच्छ्रे -एम)-१२, तारा एफसी र विष्णुपादुका ‘ए’ अन्तिम चारमा प्रवेश गरेका छन् ।
सेमिमा एलजीले माछापुच्छ्रे तथा तारा एफसीले विष्णुपादुकाको सामना गर्नेछन् । शुक्रबार नै सेमिफाइनल र फाइनल हुँदैछ ।
विहीवारको खेलमा एलजीले आदर्श युवा क्लबलाई २-० गोलले पराजित गरेको हो । जितका लागि रमेश मगर र सूर्यमान मगरले १-१ गोल गरे।
दोश्रो क्वाटरफाइनलमा माछापुच्छ्रेले संगम एफसीलाई ३-० गोलले पाखा लगाउँदै सेमीफाइनल प्रवेश गरेको हो। जितमा सुनिल घोतानेले २ र अविनाश तामाङले १ गोल गरे।
तारा एफसीले रञ्जन मेमोरियललाई २-० गोलअन्तरले पराजित गर्यो। ताराका लागि सुनिल बिक र विनोद गुरुङले गोल गरेका हुन् ।
अर्को क्वाटरफाइनलमा विष्णुपादुकाले दोब्रे एफसीलाई ४-० गोलले पराजित गरेको छ। टिमलाई सेमीफाइनलमा पुर्याउन समीर कार्कीले हृयाटि्रक पूरा गर्दा अजय श्रेष्ठले एक गोल गरे।
विजेताले १ लाख ५० हजार, उपविजेताले ८० हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।
उत्कृष्ट खेलाडीलाई माउण्टेन वाइक तथा विधागत पुरस्कारमा जनही ५ हजार रुपैयाँ दिइनेछ । प्रतियोगिताको मुख्य प्रायोजक माटेपानी-१२ हङकङ परिवार र माटेपानी यूथ एशोसियसन यूके हो । क्लबका पूर्व खेलाडी किरण खड्काको स्मृतिमा उनको परिवारजनबाट ५ लाखको अक्षयकोष स्थापना गरी हरेक वर्ष प्रतियोगिता आयोजना हुँदैआएको छ ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१