तीज मेलामा फुटबल शुरु

आदर्श समाज सम्वाददाता
भाद्र २४, २०७५

हेमजा, २३ भदौं ।  ढिकुरपोखरी युवा संजालको आयोजनामा ढिकुरपोखरीमा शनिबार तीजमेलाका शुरु भएको छ ।

यसैबीच, मेलाको प्रमुख आकर्षण खुला नकआउट फुटबल प्रतियोगितामा आयोजक बी टिमले फेदी फुटबल क्लबलाई १-० गोलअन्तरले हराउँदै जित हासिल गरेको छ । अको खेलमा इन्द्रेणी फुटबल क्लबले विष्णुपादुका क्लब हेमजालाई १-० गोलअन्तरले हरायो ।

यसअघि मेला उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष युवराज कुँवरले ढिकुरपोखरी खेलमैदानको स्तरोन्नतिमा जोड दिँदै स्वास्थ्यका लागि खेलकुद महत्वपूर्ण हुने औँल्याए । गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले संस्कार, संस्कृति जोगाउने दायित्व आमनागरिकको भएको बताइन् ।सो अवसरमा अन्नपूर्ण घर भएका विनोद कुँवर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवक्ता भएकोमा सम्मान गरियो । उनले आफू जन्मको ठाउँलाई सबैले माया गर्नुपर्ने बताए ।

अन्नपूर्ण १ का अध्यक्ष भरतजंग कुँवरले मेलालाई निरन्तरता दिनुपर्ने बताए । अन्नपूर्ण २ का अध्यक्ष चूडामणि अधिकारीले नेपाली संस्कृतिको महत्व बिस्तारै हराउँदै गएकोमा गुनासो गरे ।

मेला संयोजक विकास गुरुङको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा वडा २ का अध्यक्ष चूडामणि अधिकारीले स्वागत तथा महासचिव दिल जिसीले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width