रिद्धिसिद्धि सिमेन्ट २४ औं आदर्श कप, एन्फा स्याङ्जा विजयी

आदर्श समाज सम्वाददाता
भाद्र २२, २०७५
adarsha cup

लेखनाथ, २१ भदौ । रिद्धिसिद्धि सिमेन्ट २४ औं आदर्श कपको दोस्रो दिनको खेलमा एन्फा स्याङ्जा विजयी भएको छ । पोखरा-११ लाई ३-० गोलअन्तरले पराजित गर्दै ऊ विजयी भएको हो।

निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफको १९ औं मिनेटमा पोखरा-११ का लक्ष्मण जिसीको आत्मघाती गोलले स्याङ्जाले अग्रता लिएको थियो । खेलमा स्याङ्जाले पेनाल्टी अवसरमा गोलअन्तर दोब्बर पार्‍यो।

विदेशी खेलाडी भिक्टरलाई लडाउँदा पाएको पेनाल्टीमा लक्ष्मण लुचालले बललाई गोलमा परिणत गरेका हुन् ।

त्यस्तै, स्याङ्जाका लागि लक्ष्मणको अन्तिम मिनेटमा गरेको फ्रिकिक प्रहार गोलमा परिणत हुँदा जित सुनिश्चित भएको थियो । खेलमा उनी नै म्यान अफ दि म्याच घोषित भए ।

Related News

सम्बन्धित समाचार

hero news full width