बुद्धिचाल प्रतियोगिता शुरु

आदर्श समाज सम्वाददाता
भाद्र १०, २०७५
Chess

पोखरा, ९ भदौ । कास्की जिल्ला बुद्धिचाल संघको आयोजनामा दशौं बुद्धिचाल विद्यालयस्तरीय प्रतियोगिता शनिबार शुरु भएको छ।

३ दिनसम्म चल्ने प्रतियोगितामा २७ बिद्यालयका १ सय २७ जनाले सहभागिता जनाएका छन् ।

प्रतियोगिता उद्घाटन गर्दै नेपाल बुद्धिचाल संघका केन्द्रीय सदस्य बाबुराम पन्तले बुद्धिचाल खेलले जीवनमा धैर्यता, अनुशासन र खेल भावनालगायत नयाँ गुणहरु सिकाउने उल्लेख गरे ।

संघका जिल्ला अध्यक्ष कर्णगुरुङको अध्यक्षतामा भएको कार्यक्रमका कास्की जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष डम्बरसिंह गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठक, कास्की जिल्ला ब्याडमिन्टन संघका सचिव नवीन शाही, माधव पहारी लगायतले बोलेका थिए ।

प्रतियोगितामा विजयी विद्यालय र विद्यार्थीहरुलाई रनिङ शिल्ड, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक गुरुङ स्टोन हाउस हो ।

Related News

सम्बन्धित समाचार

hero news full width