बीच भलिबल फाइनल आज

आदर्श समाज सम्वाददाता
भाद्र ३, २०७५
beach

पोखरा, २ भदौ । पोखरामा जारी अन्तरक्लब खुला पुरुष बीच भलिबल प्रतियोगितामा शनिबार सशस्त्र कालिका गण एपीएफ एले मादी गाउँपालिकालाई २१-१६ र २१-१८ को सोझो सेटमा हराउँदै सेमीफाइनल पुगेको छ ।

अर्को खेलमा पश्चिमाञ्चल भलिबल संघले भलिबल ट्रेनिङ सेन्टर नदीपुरलाई २१-१५, १५-२१ र १५-८ ले हराउँदै अन्तिम चारमा पुग्न सफल भयो ।

यस्तै, एपीएफ बीले कास्की जिल्ला भलिबल संघ डीलाई २१-११ र २१-१३ सोझो सेटमा र कास्की जिल्ला भलिबल संघ एले कास्की जिल्ला भलिबल संघकै बी टिमलाई १३-२१, २१-१५ र १५-१३ ले हराउँदै विजयी यात्रा सुनिश्चित पारेका छन् ।

आइतबार सशस्त्र प्रहरी कालिका गणको एपीएफ बी र पश्चिमाञ्चल भलिबल तथा एपीएफ ए र कास्की जिल्ला भलिबल संघबीचको सेमीफाइनल हुनेछ । आइतबार दिउँसो नै फाइनल हुने आयोजक कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

विजेताले ३० हजार र उपविजेताले २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । साथै विधागत पुरस्कारसमेत वितरण गरिनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width