वरिष्ठ कलाकार मिश्रको निधन

आदर्श समाज सम्वाददाता
श्रावण २४, २०७५
manuj-babu-mishra

काठमाडौँ, २३ साउन। वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा मंगलबार राति हृदयाघातका कारण निधन भएको छ ।

काठमाडौं आफ्नै निवासमा सुतेको अवस्थामा राति २ बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उच्च रक्तचापबाट ग्रसित मिश्र २ दशकदेखि आफ्नो निवास (गुफा) बाट बाहिर निस्केका थिए ।

उनको आत्मकथा ‘हर्मिताजः अढाइ दशक गुफामा’ २ वर्षअघि प्रकाशित भएको थियो । मिश्र विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र तथा ‘कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन’का प्रिन्सिपल डा मञ्जु मिश्रका पिता हुन् ।

उनका श्रीमती, २ छोरा र २ छोरी छन् ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ कलाकार एवं लेखक मनुजबाबु मिश्रको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै स्वर्गीय मिश्रप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन र आफन्तप्रति समवेदनासमेत व्यक्त गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width