प्याराग्लाइडिङ टोली प्रस्थान

आदर्श समाज सम्वाददाता
श्रावण २३, २०७५
paragliding team nepal

पोखरा, २२ साउन। इण्डोनेशियामा हुने १८ औं एशियाली खेलकुदमा सहभागी हुन नेपाली प्याराग्लाइडिङ टोली मंगलबार पोखराबाट प्रस्थान गरेको छ। खेल अगस्त १८ देखि ३० सम्म आयोजना हुँदैछ।

टिमलाई नेपाल प्याराग्लाइडिङ तथा हृयाङग्लाइडिङ संघका केन्द्रिय महासचिव शैलेन्द्र राउत, नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीका अध्यक्ष केशव पाठक लगायतले बिदाइ गरे।

पहिलो पटक एशियाली खेलमा समावेश प्याराग्लाइडिङमा सहभागिता जनाउनेमा नेपालका ५ जना पुरुष र ३ जना महिला खेलाडी गरी ८ जना छन्। उनीहरु सबैजना कास्कीका हुन् । सो टिममा कान्छा उमेरका १६ वर्षीय युकेश गुरुङ पनि छन्।

उनीहरुले इन्डिभिजुअल एक्युरेसी, टिम क्रस कन्ट्री र टिम एक्युरेसीमा महिला पुरुष खेलाडीले छुट्टाछुट्टै पदकका लागि भिड्ने छन्। नेपालले प्याराग्लाइडिङ खेलबाट पदकको सम्भावना रहेको खेलमध्ये एक हो।

अन्य खेलाडीमा बिमल अधिकारी (टिम कप्तान) विशाल थापा, सुशील गुरुङ, युकेश गुरुङ, विजय गौतम र महिला खेलाडीमा त्रीशा श्रेष्ठ, प्रतिमा भुजेल र सविता तामाङ हुन् । टिमसँग प्रशिक्षक योगश भट्टराई पनि संलग्न छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै