पोखरा, ३० असार । “मादी गाउँपालिका निर्माणको एक अभियान, समृद्ध मादी निर्माणको एक अभियान” भन्ने मूलनाराका साथ कास्कीको मादी गाउँपालिकाको तेस्रो गाउँ सभा सम्पन्न भएको छ ।
गाउँ सभाले विगत १ वर्षदेखि गठन हुन नसकेको न्यायिक समिति र विपक्षी दलको संयोजकतवमा बन्ने सार्वजनिक लेखा समिति सर्वसम्मत् चयन गरेको छ ।
शुक्रबार सकिएको सभाले मादी गाउँपालिका उपाध्यक्ष विष्णुमाया आचार्य पौडेलको संयोजकत्वमा न्यायिक समिति गठन गरेको हो । समिति सदस्यमा शिवप्रसाद सापकोटा र धनमाया गुरुङ छन् ।
यस्तै, नेपाली काँग्रेसका युवा नेता सरोज केसीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति गठन गरियो । जसको सदस्यमा सूर्यबहादुर रानाभाट र दिलबहादुर गुरुङ छन् ।
गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ ‘श्याम’ को अध्यक्षतामा भएको कार्यक्रमको संचालन गाउँपालिकाका प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले गरेका थिए ।
इन्द्रबहादुर खत्री संयोजकत्वमा गठित विधायन समितिमा नारायण सापकोटा र शिव खत्री चयन भए । यस्तै विष्णुप्रसाद गौतमको संयोजकत्वमा गठित सुशासन समितिको सदस्यमा गमबहादुर गुरुङ र दिलबहादुर गुरुङ छन् ।
सभाले गाउँपालिकाको आवधिक योजना पनि पारित गरेको काँग्रेसका युवा नेता सरोज केसीले जानकारी दिए । सभाले विभिन्न २२ वटा कानून पास गरेको छ ।
सभाले गौरवको योजना, कानूनसम्बन्धी एजेण्डा सहित ४४ करोड ३२ लाख ३३ हजार ६ सय ४ रुपैयाँ बराबरको बजेट बिनियोजन गर्दै पारित गरेको जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ बाट कालोपत्रे गरिँदै
कांग्रेस गण्डकीको भवन असोज अगावै सम्पन्न गरिने
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१