पोखरा, ६ असार । अन्तर्राष्ट्रिय ओलोम्पिक दिवस अवसरमा पोखरामा भएको महिलास्तरीय ह्याण्डबल प्रतियोगितामा लेट्स प्ले ह्याण्डबल क्लब विजयी भएको छ।
पोखरा एकेडेमीलाई ५-४ गोलअन्तरले पराजित गर्दै उसले पुरस्कारस्वरुप ३ हजार रुपैयाँ पायो । उपविजेताले २ हजार पायो ।
खेलमा अर्मला मावि अनुशासित टिम घोषित भयो भने लेट्स प्ले हृयाण्डबल क्लबकी शिला रेग्मीसर्वाधिक गोलकर्ता घोषित भइन्।प्रतियोगितामा पोखरा एकेडेमीकी दीप्ति गुरुङ उत्कृष्ट खेलाडी भइन्।
विजयीलाई सांसद मीना गुरुङ, नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङ, पोखरा १५ का वडाध्यक्ष प्रकाश पौडेल, कास्की जिल्ला ह्याण्डबल संघका अध्यक्ष क्या जगबहादुर गुरुङ, सचिव टेकबहादुर गुरुङ र सहसचिव दीननाथ बरालले मेडल, ट्रफी, प्रमाणपत्र र नगद प्रदान गरेका थिए। कार्यक्रम प्रतियोगिता संयोजक पुष्पा श्रेष्ठको अध्यक्षतामा भएको हो ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को परीक्षा आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१