माछापुच्छे्र फाइनलमा

आदर्श समाज सम्वाददाता
जेठ ३, २०७५
cricket

पोखरा, २ जेठ । माछापुच्छ्रे क्रिकेट क्लब कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित क्लबस्तरीय राउण्डरोविन क्रिकेट लिगको फाइनल पुगेको छ।

लिगको चौथो खेल खेल्दै माछापुच्छ्रेले पोखरा क्रिकेट एकेडेमीलाई पराजित गरी फाइनल पुगेको हेा। पोखरा रंगशालामा बुधबार भएको खेलमा उसले ९५ रनले पराजित गरेको हो।

ओम डेभलपमेन्ट बैंकको मुख्य प्रायोजनमा भएको सो प्रतियोगितामा टस जितेर व्याटिङमा उत्रिएको माछापुच्छ्रेलाई ४० ओभरको खेलमा ३४.२ ओभरमा अलआउट हुँदै १५८ रनको स्कोर बनायो। ओपनर दीपेश खत्रीले ३४ रनको इनिङ खेले। मनोज कोइरालाले ३३ र अमृत गुरुङले ३२ बनाए। अन्य व्याट्सम्यानलाई सस्तैमा आउट गरे। एकेडेमीका कप्तान ऋषिकेश शर्माले ५ विकेट लिए। प्रेम गुरुङले ३ विकेट लिन सफल भए।

१ सय ५९ रनको लक्ष्य पछ्याएको पोखरा क्रिकेट एकेडेमीलेर्र् इशान श्रेष्ठको सर्वाधिक ११ रनको योगदानमा ६३ रनमा समेटियो। रोशन न्यौपानेले ९ र प्रेम गुरुङले ८ रन मात्रै जोडे। यद्यपि एकेडेमीले ३०.२ ओभरसम्म टिक्दै खेले। माछापुच्छ्रेका कृष्ण बास्तोलाले ५ ओभरमा १३ रन दिँदै ४ विकेट लिए। अनुप श्रेष्ठले पनि ४ ओभरमा ६ रन दिँदै २ विकेट लिन सफल भए। बास्तोला म्यान अफ दि म्याच घोषित भए। उनलाई सेवा हस्िपटल प्रालि पोखराका प्रबन्ध निर्देशक डा पदमबहादुर खड्काले ट्रफी हस्तान्तरण गरे। पोखरा क्रिकेट क्लब र अरण्यज्योति क्रिकेट क्लबबीच बिहीबार प्रतियोगिता हुनेछ। पोखरा क्रिकेट क्लबले जित निकालेको अवस्थामा फाइनल सुरक्षित गर्ने छ। यदि अरण्यज्योतिले जित निकाले ४ अंक हुनेछ। र सांग्रिला क्रिकेट क्लबसँग रनरेटको आधारमा फाईनल सुरक्षित गर्ने प्रतियोगिताका संयोजक ओमप्रकाश श्रेष्ठले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै