पोखरा, १५ चैत। पोखरा लेखनाथ महानगरपालिका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले शिक्षाबिना विकास सम्भव नहुने बताएकी छन्।
चिनियाँको संस्था सिनो नेपाल बेल्ट तथा रोड पहिलो एशियन विज्नेश समूहले पार्दी माविलाई सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै उनले शिक्षा देशको विकासको मेरुदण्ड भएको बताइन्। ‘शिक्षा देशको मेरुदण्ड हो, शिक्षाबिना विकास सम्भव छैन। शिक्षाले अध्यारोबाट उज्यालोतर्फ लैजान प्रेरित गर्छ।’ उनले चिनियाँ नागरिकको सहयोगले पार्दी माविका विद्यार्थीको शैक्षिक गुणस्तरमा वृद्धि गर्ने बताउदै यसबाट विद्यार्थी लाभान्वित हुने बताइन्। उनले विद्यालयलाई सहयेाग गरेको ल्यापटप र शैक्षिक सामग्रीले चिनियाँ र विद्यालयका विद्यार्थीबीच सम्बन्ध जीवन्त राख्ने धारणा राखिन्।
कार्यक्रममा १० थान ल्यापटप, भलिबल, फुटबल, नेट, ब्याटमिन्टन विद्यालयलाई प्रदान गरिएको थियो ।
पोखरा लेखनाथ महानगरपालिका कावा प्रमुख मञ्जु गुरुङ, चाइनीज ग्रुपका वन द प्याव, स्वीतान, ल्यू, लिमिङ थाओले विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद बरालाई हस्तान्तरण गरे।
पोखरा लेखनाथ महानगरपालिका वडा १७ का अध्यक्ष तीर्थराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रअ विष्णुप्रसाद बरालले स्वागत गरेका थिए।
Related News
सम्बन्धित समाचार
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१