साहित्यकार इन्द्रबहादुर राईको निधन

आदर्श समाज सम्वाददाता
फागुन २३, २०७४

पोखरा, २२ फागुन। साहित्यकार इन्द्रबहादुर राईको निधन भएको छ। ९० वषीय राईको दार्जिलिङस्थित निवासमा निधन भएको हो।

भारतको दार्जीलिङमा जन्मेका राईले नेपाली भाषा तथा वाङ्मयमा लामो योगदान पुर्‍याएका छन्। केही वर्षयता राई स्वास्थ्यका विविध समस्या खेपिरहेका थिए। उनी उपचारका लागि गत वर्ष काठमाडौं समेत आको ‘विपना कतिपय’, ‘आज रमिता छ’, ‘कठपुतलीको मन’ लगायतका सिर्जनाहरु प्रकाशित छन्।

उनी सन् १९२७ फेब्रुअरी ३ मा दार्जिलिङमा जन्मेका थिए। उनी नेपाली साहित्यको तेस्रो आयामका अभियन्ता मध्ये एक हुन्। वैरागी काइँला, इश्वर बल्लभ र राई मिलेर २०२० मा तेस्रो आयाम नामक प्रयोगवादी साहित्यिक अभियानसमेत आरम्भ गरेका थिए। एक साताअघिमात्रै सिलगुडी घरबाट साहित्यकार दार्जिलिङ घर पुगेका थिए। दार्जिलिङमा जाडो हुने हुँदा उनको परिवार जाडो मौसममा लिगुडी र गर्मीमा दार्जिलिङ बस्थ्यो।

Related News

सम्बन्धित समाचार

hero news full width