पोखरा, २२ पुस। सामुदायिक सेवा केन्द्र सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा शनिबार पोखरामा लागुऔषध नियन्त्रण महाअभियान तथा धूमपान, मद्यपान निषेधसम्बन्धी सचेतनामूलक र्याली निकालिएको छ।
लेकसाइड हल्लनचोकबाट शुरु र्याली बाराहीघाट, गौरीघाट, फिस्टेलगेटहुँदै केदारेश्वर महादेवमणि मन्दिर परिसरमा पुगेर समापन भएको थियो। ‘धूम्रपान मद्यपान लिन्छ ज्यान’ भन्ने नाराका साथ सचेतनामूलक र्याली निकालिएको हो।
कार्यक्रममा कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहले कास्कीमा व्यापक रुपमा लागुऔषधको कारोवार हुने बताए । उनले छिमेकी भारतमा खुला सिमानाका कारण सडकमार्ग हुँदै यहाँ त्यसको प्रभाव परेको बताए । उनले लागु औषध समस्या नियन्त्रण गर्न सबै जुट्नुपर्ने बताए। महाअभियानमार्फत चार महिनामा हालसम्म करिब ६० प्रतिशत नियन्त्रणमा आएको उल्लेख गरे। कास्कीका हरेक गाउँ टोल क्षेत्र समेट्ने गरी आफूहरुले स्थानीयहरुसँग समन्वय गर्दै वडा समिति गठन गरेको उनले दाबी गरे। सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष विष्णुबहादुर भट्टराईले धूमपान र मध्यपान स्वास्थ्यको लागि हानिकारक भएकोले त्यसलाई तत्काल छाड्न आग्रह गरे। कार्यक्रम संयोजक रमा लामिछानेले कार्यक्रममा सहभागीलाई धन्यवाद दिइन। सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो।
सामुदायिक सेवा केन्द्र बैदामको समन्वयमा भएको र्यालीमा विभिन्न संघसंस्थाको सहभागिता रहेको केन्द्रका सचिव चेतनारायण पाण्डेले बताए।
Related News
सम्बन्धित समाचार
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१