पोखरा, १६ पुस। पोखराको चिप्लेढुंगामा ‘सान्नानी दोहोरी साँझ’ सञ्चालनमा आएको छ।
एक वर्षअघिदेखि सुचारु गरिएको दोहोरीको पुस १५ को अवसर पारेर शुभारम्भ गरियो। दोहोरीको पोखरा-लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीले शुभारम्भ गरे।
जिसीले दोहोरीको प्रगतिको कामना गर्दै दोहोरी साँझमा फोहोरी खेल नहोस भन्ने सुझाए। ‘महानगरको नाम राख्न भए पनि दोहोरीमा फोहोरी खेल नहोस्’-उनले भने-‘संस्कृति र संस्कारको बारेमा बाहिरबाट सुन्न र हेर्न लायक बनाउनुहोला।’ जुन सान र गतिका साथ व्यावसाय शुरु भएको छ त्यसरी नै सञ्चालन गरेर अरुका लागिसमेत उदाहरण बन्न जिसीले शुभेच्छा व्यक्त गरे।
समाजसेवी शेरबहादुर गुरुङले दोहोरीको शुभारम्भ हुनु नै राम्रो संस्कृतिको शुरु भएको बताए। उनले दोहोरी साँझलाई सांस्कृतिक अभियानको रूपमा लिइने औल्याए। उक्त दोहोरी साँझलाई सात जनाको समूहले सञ्चालन गरेका हुन्। जसमा सुमन सिल्पकार, सुनिल गायक, कृष्ण जोशी, सन्तोष मल्ल, कृष्ण भण्डारी, रवि गुरुङ र जय परियार रहेका छन्।
सञ्चालक जय परियारले दोहोरी केही समय पहिले सञ्चालन गरेपनि पूर्णरूपमा शुरु गरिएको बताए। उनले दोहोरी साँझलाई व्यवस्थित तरिकाले सभ्य बनाउने प्रतिवद्धता व्यक्त गरे। कुल ४२ लाख लगानीमा सञ्चालित दोहोरी साँझमा कलाकारसहित करिब तीन दर्जन युवा युवतीहरूले रोजगार पाएको सञ्चालक सुनिल गायकले बताए।
उनका अनुसार शुभारम्भको अवसरमा दोहोरी साँझमा पुस २१ गतेसम्म विशेष साँगीतिक कार्यक्रम आयोजना हुने भएका छन्। विशेष साँगीतिक साँझमा चर्चित कलाकारको दैनिक प्रस्तुति रहने उनले बताए। शुभारम्भ दोहोरी साँझको कार्यक्रम सञ्चालन मन क्षेत्रीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१