१. मानिसले जीवनमा केही पाउन अनेक साधन श्रोत लगाउँछन्। त्यस्तै राजनीतिमा पनि आफ्नो हक अधिकार पाउन अनेक प्रयास गर्दछन्। तीमध्ये दुइटा बाटो ज्यादै प्रचलित छन्। प्रचलित दुइटा बाटामध्ये एउटा अहिंसात्मक मार्ग हो भने अर्को शक्ति प्रयोग अर्थात हत्या, हिंसा, आतंक तोडफोड र अर्को शब्दमा बल प्रयोग हो।
२. नेपालमा ती दुवै मार्ग प्रचलित छन्। कोही शक्ति बन्दुकमा हुन्छ भन्दै बल प्रयोगको कुरा गर्दछन् र आवश्यक परे जंगल पसेर फेरि युद्ध गर्ने कुरा गर्दछन् भने अकोर्तिर अर्काथरि छन् अहिंसामा विश्वास गर्ने अहिंसामा विश्वास गर्नेहरू बरु आफ्नो ज्यान गए जाओस् बल प्रयोगको कुरै गर्दैनन्।
३. ती दुर्इ मार्गमध्ये कुन ठीक कुन बेठीक, त्यो आ-आफ्ना मूल्य र मान्यता र सिद्धान्तको आधारमा मूल्याड्ढन गर्ने कुरा हो। तर भरखरै आमरण अनसन बसेर वरिष्ठ चिकिल्सक डा. गोविन्द केसीले बिनाहानीनोक्सानी सफलता प्राप्त गरे, त्यसले अहिंसात्मक मार्गतिर सोच्न बाध्य गरेको छ।
४. उनले आमरण अनसन बसेको यो पाचौँ पटक हो। विगतमा भन्दा अहिले उनलाई सफलता प्राप्त गर्न मुस्किल थियो। यसपटक उनको अनसनको विरुद्धमा एउटा सशक्त र सिंगो पार्टी थियो। त्यो सशक्त पार्टी मात्र नभई सरकारको साझेदार पार्टी पनि थियो। त्यो पार्टी ो नेताहरूले उनको अनसनको विरुद्धमा विष वमन समेत गरिसकेका थिए।
५. त्यस्तो अवस्थामा पनि केसीको अहिंसात्मक आन्दोलन सफल भयो। सरकारले चिकित्सा क्षेत्रमा देखिएका विकृति र विस·ति हटाउन अनेक प्रयास गर्न राजी भयो। पूर्व उपकुलपति केदारभक्त माथेमाको कार्यदलले प्रतिवेदन नबुझाएसम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिनमा सरकार बचनबद्ध भयो।
६. सरकार र डा. केसीका बीच भएको दस्तावेजमा धेरै कुरा अंकित छन्। जसले गर्दा डा. केसीको आमरण अनसन पूर्णरूपले सफल भएको मूल्याड्ढन गरिएको छ। अहिंसात्मक आन्दोलनबाट यस्तो सफलता प्राप्त भएको यो पहिलो पटक होइन। ३० वर्ष सत्तामा जरा गाडेर बसेको पञ्चायती व्यवस्था पनि अहिंसात्मक आन्दोलनबाटै सोचे भन्दा छिटो अन्त भएको सर्वविदित छ।
७. माओवादीले गरेको दश वर्ष जनयुद्ध हिंसात्मक आन्दोलन हो। त्यो आन्दोलन पूर्ण नभएको भन्दै फेरि त्यस्तै युद्धमा जानुपर्दछ भन्ने आवाज पनि सुनिँदैछ। यसरी नेपालमा एकातिर हिंसात्मक आन्दोलनको चर्चा चलिरहेको छ भने अकोर्तिर अहिंसात्मक आन्दोलनको कुरा पनि उठ्ने गरेको छ। अहिंसात्मक आन्दोलनले विगतमा पनि छिटो परिणाम दिएको र त्यसबाट देश र समाजको हानी नोक्सानी पनि ज्यादै थोरै या नगन्य रूपमा हुने भएकोले देश र जनताका लागि अबदेखि सबैले अहिंसात्मक आन्दोलन गर्ने हो कि ?
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१